महिलाहरूको ‘जटिल’ दिमागको कारण उनीहरूलाई पुरुषहरूलाई भन्दा बढि निन्द्रा चाहिने एक अनुसन्धानको नतिजाले देखाएको छ।

पुरुषको तुलनामा महिलालाई करीब २० मिनेट बढिको निन्द्रा चाहिने वैज्ञानिकहरूले पत्ता लगाएका छन्। महिलाहरूको दिमागले दिनको समयमा बढि काम गर्ने भएकोले नै उनीहरूलाई बढि निन्द्राको आवश्यकता भएको वैज्ञानिकहरूको अनुमान रहेको छ।Woman Sleeping Painting

२१० जना प्रौढ पुरुष र महिलाहरूमा गरिएको खोजबाट यस्तो नतिजा देखिएको हो।

“निन्द्राको मूख्य कामहरूमध्ये एउटा काम भनेको दिमागको मर्मतसंभार गर्नु हो।”, प्रमुख अनुसन्धानकर्ता निन्द्रा विशेषज्ञ ‘जिम होर्न’ले भने- “गहिरो निन्द्राको बेलामा, विचार, याद, बोली र अन्य कुराहरूलाई नियन्त्रण गर्ने ‘कोर्टेक्स’ले आफ्नो कामबाट विश्राम लिन्छ र रिकभरी मोडमा जान्छ। त्यसैले दिनभरी जति धेरै दिमागी काम गर्यो, कोर्टेक्सलाई त्यति नै बढि आराम गर्ने समय चाहिन्छ।”

अधिकांश महिलाहरूले एकैचोटि धेरै काम गरिराखेका हुन्छन्, जसको कारण उनीहरूले पुरुषले भन्दा बढि दिमाग प्रयोग गरिरहेका हुन्छन्। यसैको कारण नै उनीहरूलाई बढि निन्द्राको आवश्यकता पर्दछ। “औषतमा भनेको २० मिनेट बढि चाहिन्छ, तर कसै-कसैलाई त्योभन्दा बढि अथवा कमि भए पुग्छ।”

तथापी, जुन पुरुषले अलि जटिल खालका कामहरू गर्छन्, उनीहरूको लागि पनि सामान्य पुरुषलाई भन्दा बढि निन्द्राको आवश्यकता पर्ने होर्नले बताए।

खोजको नतिजाले के पनि देखाएको छ भन्दा, जुन महिलाहरू कम सुत्छन्, उनीहरूमा विभिन्न किसिमका साइडइफेक्टहरू देखिन सक्छन्। जस्तै; मनोवैज्ञानिक तनाव तथा वैमनश्यता, निराशा र बढि रिस उठ्ने।

यो पनि हेर्नुहोस्-
कहिलेकाहिँ निन्द्रा लाग्ने बेलामा झसङ्ग झस्किन्छौँ, किन?
महिला स्वास्थ्य: यौनसम्पर्कको लागि उचित समय
निन्द्रा लगाउने औषधी खानै पर्छ र? नखाँदा के हुन्छ?
मिठो निन्द्राको लागि यस्तो खानेकुरा खानुस्
निन्द्रामा यस्ता काम त गर्नुहुन्न, होस् गर्नस्…
यदि तपाईँ शुद्ध शाकाहारी हुनुहुन्छ भने प्रोटिनको लागि यी खाना खानुहोस्