पुरुषमा स्पर्म काउन्ट कम भएमा ‘फर्टिलिटी’मा असर पर्न जान्छ । पुरुषमा स्पर्मको संख्याबाहेक गुणस्तरीयता पनि महत्वपूर्ण रहन्छ । जान्नुहोस्, यस्ता १० खानाका बारेमा जुन नियमित खाएमा पुरुषको ‘स्पर्म काउन्ट’ अर्थात् ‘शुक्राणु संख्या’ बढ्छ र जसको ‘फर्टिलिटी’ राम्रो रहन्छ ।

१. टमाटर – यसमा पाइने लाइकोपिनले स्पर्म काउन्ट बढाउँछ । टमाटरलाई जैतुनको तेलमा पकाएर खाने गरेमा राम्रो फाइदा गर्छ ।

२. डार्क चकलेट – यसमा रहेको एल–अरजिनाइन नामक एमिनो एसिडले स्पर्मको संख्या र गुणस्तरीता बढाउँछ । चकलेट जति डार्क भयो उति स्पर्म काउन्ट बढ्छ ।

३. लसुन – लसुनमा रहेको एलिसिन नामक कम्पाउन्डले पुरुष लिंगमा रक्त सञ्चार बढाउँछ । प्रत्येक बिहान लसुनको ३ – ४ केस्रा चपाएर खाएमा फाइदाजनक हुन्छ ।

४. गाँजर – गाँजरमा पाइने भिटामिन ‘ए’ले स्पर्म उत्पादन बढाउँन सहयोग गर्छ । गाजरलाई सलाद वा जुस बनाएर पिउन सक्नुहुन्छ ।

५. अन्डा – प्रोटीन र भिटामिन ‘ई’ले भरिएको अन्डाले स्वास्थ्य र स्पर्म बढाउनमा एकदमै राम्रो गर्छ । प्रत्येक दिन दुई वटा अन्डा खाने गर्नुहोस् ।

anar juice

६. ओखर – ओखरमा पाइने ओमेगा–३ ले पुरुष लिंगमा रगत सञ्चार बढाउन सहयोग पुर्याउँछ । दैनिक ७५ ग्राम ओखर खाएमा स्पर्म संख्या बढेर जान्छ ।

७. पालुंगो साग – यसमा फालिक एसिड हुन्छ, यसले स्पर्मको गुणस्तर र संख्या दुवैलाई फाइदा गर्छ ।

८. अनार – अनारको जुसले पनि स्पर्म काउन्ट र गुणस्तर बढाउँन मद्दत गर्छ । सक्नुहुन्छ भने दैनिक एक गिलास अनारको जुस पिउने गर्नुहोस् ।

९. केरा – केरामा पाइने ब्रोमिलेन नामक एन्जाइम र भिटामिन बिले स्टामिना, एनर्जी र स्पर्म काउन्ट बढाउँछ । बिहान–बेलुका एक–एक कोशा खाने गर्नुहोस् ।

१०. फर्सीको बियाँ – यस बियाँमा पाइने जिंक र ओमेगा–३ फैटी एसिडले पुरुष लिंगमा रक्तसञ्चार बढाउँछ । दैनिक एक मुठ्ठी फर्सीको बियाँ खानाले टेस्टोस्टेरोन र स्पर्म बढाउँछ ।