१. तनाव – कामसँग जोडिएको तनाव बढेर जाँदा डिप्रेशन, थकान  र मुटुसम्बन्धी रोगको कारण बन्न सक्छ ।

२. पिसाबको समस्या – पिसाब गर्दा पोल्ने, छिटो–छिटो पिसाब लाग्ने, दुख्नु आदि मधुमेह, किड्नी वा कलेजोको रोगको कारण हुन सक्छ ।

३. ढाड दुख्ने – लगातार ढाड दुख्नु मृगौलामा पत्थरीको कारण हुन सक्छ ।

४. मुख गन्हाउने – मुखलाई सफा नराखेमा बाहेक मधुमेह, कलेजो वा मृगौलाको खराबी, एसिडिटीजस्ता समस्याल पनि मुख गन्हाउने समस्या हुन सक्छ ।

५. कमजोरी र थकान – आइरनको कमी, मुटु रोग, थाइराइडको समस्याका कारण कमजोरी र थकान महशुस हुने गर्दछ ।

६. बढी पसिना आउनु – पुरुषमा बढी पसिना आउनुको कारण थाइराइड समस्या, मेटाबोलिज्मको समस्याले पनि हुन सक्छ ।

७. टाउको दुखाई – शरीरमा पानीको कमीबाहेक मुटु वा मष्तिस्कबाट जोडिएका समस्याका कारण पनि टाउँको दुख्ने हुन्छ ।

८. छाती वा काँध दुखेमा – कमजोरी, थकान, श्वास फेर्न गाह्रोका साथै मुटु रोगको संकेत पनि हो । यसलाई वेवास्ता नगनुहोस्, ध्यान पुर्याउँन जरुरी छ ।

९. चिलाउने – छाला रोगबाहेक कलेजो, मृगौला वा मधुमेह रोगका कारण पनि चिलाउने समस्या हुन सक्छ ।

१० गतिमा समस्या – तपाई हिड्दा लिने गतिमा परिवर्तन, कब्जियत वा पेट सुन्निजस्ता समस्या क्यान्सरको कारण पनि हुन सक्छन् ।

यो पढ्नुस्।
शरीरबाट आउने १० आवाज, जसले खतराको संकेत गर्छ
झुक्किएर चुइगम निलेमा के हुन्छ ?