महिलाको झै पुरुष पनि आजभोली आफ्नो फेसनलाई लिएर निकै संवेदनशील देखिने थालेका छन। पुरुषकै लागि पनि हिल जुत्ता बजारमा पाइने गरेका छन् भन्दा अचम्म लाग्ला। पुरुषहरुले लगाउँदै आएका जिन्सलगायत कतिपय फेसनमा आउने लुगाले स्वास्थ्यमा गरेको असरबारे भने हामी कमै चासो दिने गर्छौ। कतिपय त स्वास्थ्यको लागी घातक हुन सक्छन् ।

टाइट जिन्सटाईट जिन्स लगाउनाले व्यक्तिको शरिरमा सहि तरिकाले रक्तसञ्चार हुन पाउदैन । जसका कारण खुट्टा सुन्निने, अन्य मांशपेशी निदाउने तथा इन्फेक्सनको खतरा बढ्दै जान्छ ।

बेलुकी लगाउने लुगा

नधोएको अथवा फोहोर नाइट ड्रेस लगाएर सुत्नाले त्यसमा रहेका ब्याक्टेरियाले छाला तथा शरिरको संवेदनशिल अंगमा इन्फेक्सन हुन सक्छ ।

जिन्समा भएको धातुको बटन
जिन्समा प्रयोग गरिने बटनमा निकल नामक धातुको प्रयोग गरिएको हुन्छ । जसले कसैमा छाला चिलाउने तथा एलर्जी हुने हुनसक्दछ।

टाईटाई एकदम कसेर बाध्नाले स्वास्थ्यमा विभिन्न समस्या आउछन् । यसले आँखामा प्रेसर पर्ने हुँदा ग्लुकोमाको खतरा बढ्न जान्छ । जसले गर्दा आँखाको ज्योति नै गुम्ने हुन सक्छ । त्यसैले टाई जहिले खुकुलो गरि बाध्नुपर्छ ।

टाईट सर्ट
टाईट सर्ट लगाउदा छाती, गर्धनमा तथा ब्रेनसम्मा सहि तरिकाले रक्तसञ्चार हुन पाउदैन । जसले गर्दा आखा, गर्धन तथा ढाड दुख्ने समस्याले सताउँछ ।

सिन्थेटिक फेब्रिक कपडा
सिन्थेटिक तथा पोलीस्टरको कपडाले छालामा एलर्जी तथा इंफेक्सनको खतरा हुन्छ । यो कपडामा प्रयोग हुने अनावश्यक रङ विरामीको कारण बन्न सक्छ । त्यसैले सम्भव भए कटनको कपडा प्रयोग गर्नुस् ।

वाई फ्रन्ट अन्डरवेर
पुरुषले प्राय फेशनएवल वाई फ्रन्ट अन्डरवेर प्रयोग गर्ने गर्दछन् । यो एकदमै टाईट हुने भएकोले संवेदनशिल अंगमा असर पर्न जान्छ । साथै टाइट अण्डरवेयरले स्पर्मको उत्पादनमा नराम्रो असर गर्छ।

चप्पल
खुला चप्पलले खुट्टामा ब्याक्टेरिया, फंगस नामक भाईरसका कारण इंफेक्सनको खतरा बढदै जान्छ । यसले खुट्टालाई कम सपोर्ट गर्छ । साथै औलाको आकार विगार्दछ र खुट्टा दुख्ने समस्या हुन्छ । बाहिर हिड्दा पुरै खुट्टा ढाक्ने चप्पल वा जुत्ता लगाउनु उपयुक्त हुन्छ।