२६ असोज, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको अन्त्येष्टि आज साँझ पशुपति आर्यघाटमा भएको छ । यसअघि विहान १० बजेदेखि १२ बजेसम्म महासंघको अनामनगरस्थित कार्यालयमा गौचनको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, वनमन्त्री विक्रम पाण्डे, विभिन्न राजनीतिक दलका नेताहरु, प्रतिष्ठित उद्योगी व्यापारी लगायतका सयौंले गौचनलाई महासंघ कार्यालयमा आएर श्रद्धाञ्जलि दिए । प्रधानमन्त्री देउवाले गौचनको शवमा राष्ट्रिय झण्डा समेत आढाएका थिए ।

यसैबीच विहिवार साँझ बसेको महासंघको आकस्मिक बैठकले आन्दोलनलाई निरन्तरता दिने क्रममा भोलि विहान ८ बजे महासंघ कार्यालय अनामनगरमा भेला भई प्लेकार्ड, ब्यानर सहित माइतीघर मण्डलामा पुगी कोण सभा आयोजना गर्ने निर्णय गरेको छ ।