१४ फागुन, महोत्तरी ।
महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ ।

मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न गएको समयमा बाँसको चिर्पटले टाउकोमा प्रहार गरी उनको हत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीय २८ वर्षीय हर्कबहादुर माझीलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिएको बर्दिवासका प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए।

शाहीको शव परीक्षणका लागि सदरमुकाम जलेश्वर पठाइएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस