५ जेठ, एजेन्सी । अभिनेता ऋतिक रोशन र उनकी पत्नी सूजैनको बिच्छेद भइसकेको छ, तर उनिहरु अहिले पनि सँगै देखिने गर्छन् । यति मात्रै होइन, उनीहरु एक–अर्कालाई पनि बचाऊ गर्छन् । कंगनासँग सम्बन्धित विवादलाई लिएर सुजैनले खुलेर ऋतिकको पक्ष लिएका थिए ।

एक चर्चित अखबारमा छापिएको खबर अनुसार, ऋतिक रोशनले पूर्वपत्नी सुजैन खान र आफ्नो छोराका लागि मुम्बईमा एक नयाँ अपार्टमेन्ट किनेका छन् । यो अपार्टमेन्ट ‘अपर जुहु’ क्षेत्रमा रहेको छ, जुन ऋतिकको घरबाट १५ मिनेटको दुरीमा पर्छ । यसअघि, सुजैन अन्धेरीस्थित एक अपार्टमेन्टमा भाडामा बस्दै आएकी थिइन् । अब चाँडै छोराहरुसँग नयाँ घरमा सर्नेछिन् ।

त्यस्तै, हालै ऋतिक रोशनलाई सुजैन खानसँग जुहु पीवीआरबाट बाहिर निक्लिदै गरेको भेटियो । त्यस समय ऋतिक र सुजनको साथमा दुवै छोरा ऋदान र ऋहान पनि सँगै थिए । खबरलाई मान्ने हो भने, त्यस समय यो पूर्वजोडी आफ्ना छोराहरुसँग ‘बाहुबली–२’ फिल्म हेर्न पुगेका थिए ।

यद्यपी, एक वेबसाइटलाई दिएको अन्तरवार्तामा सुजैनले स्पष्ट रुपले भनिसकेकी छिन््, ‘म र ऋतिक सबैभन्दा पहिले एक राम्रो बुबा र आमा हौँ र हाम्रो जिम्मेवारी हाम्रो सन्तानलाई राम्रो स्याहार र संस्कार दिनु हो । यस्तो अवस्थामा हामी सँगै खाना खान सक्छौ, न कि बिदा मनाईरहेका छौ ।’