२१ फागुन, एजेन्सी । एक अमेरिकी नागरिकले पूर्वप्रेमिकामाथि शुक्राणु चोरेको आरोप लगाएका छन् । लेन हार्डिनले आङ्खनी पूर्वप्रेमिकामाथि गर्भवती हुन शुक्राणु चोरेर प्रयोग गरेको आरोप लगाएका हुन् । यही घटनामा उनले एउटा स्थानीय क्लिनिकविरुद्ध पनि मुद्दा दायर गरेका छन् ।
हार्डिनका अनुसार टेक्सस एन्ड्रोलोजी सर्भिसले उनकी प्रेमिका टोबी देवललाई आङ्खनो अनुमतिविनै शुक्राणु भरिएको सिसी दिएको थियो । उनका वकिलले देवलले शुक्राणु पाउन नाटक रचेर फर्टिलिटी क्लिनिकमा गर्भधारण गर्न त्यसको प्रयोग गरेको बताए ।
यस विषयमा क्लिनिकबाट कुनै प्रतिक्रिया आएको छैन । देवलको बच्चा अहिले दुई वर्षको भएको छ र हार्डिनले उसको पालन–पोषणका लागि पैसा दिनुपर्ने हुन सक्छ । हर्डिनले स्थानीय टेलिभिजन च्यानललाई यो खबर थाहा पाएपछि आफू स्तब्ध भएको र निकै रुन मन लागेको बताए ।
अमेरिकामा यस्तो घटना पहिलो होइन ।