२९ साउन, नवलपरासी ।

नवलपरासीको दाउन्नेमा पहिरो खसेपछि पूर्व–पश्चिम राजमार्ग ३७ घण्टादेखी अवरुद्ध भएको छ । तीन दीनदेखी लगातार परेको वर्षाका कारण दाउन्ने सडकमा खसेको पहिरो हटाउन समस्या भएको छ ।

नवलपरासीको दुम्कीबासदेखि डण्डासम्म २५ किलोमिटर र वर्दघाटदेखी सुनौलसम्म २५ किलोमीटर सवारीको लाम लागेको छ । जंगल क्षेत्रमा सवारी रोकीएकाले यात्रुहरुको विचल्ली भएका छन् ।

वरपर रहेका केही पसलहरुले खानेकुराको मुल्य वृद्धी गरेकाले यात्रुहरु झनै मर्कामा परेका छन् । चितवनको कालीखोलामा खसेको पहिरोले नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । ठुलो पहिरो खसेका कारण त्यस रुट भएर चल्ने सवारी साधनहरुको आवागमन पूर्ण रुपमा ठप्प भएको जल्लिा प्रहरी कार्यलय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो हटाउने प्रयास भईरहे पनि पहिरो ठूलो भएको र लगातार पानी परीरहेकाले आज दिनभर सडक खुलाउन सकिने सम्भावना छैन । पृथ्वि राजमार्ग अन्तरगत धादिङको रोराङ गाउँपालिका–१० खहरे खोलमा आएको बाढिले सडक अवरुद्ध भएको छ ।