२३ चैत, एजेन्सी।

गत शुक्रबार बस जत्रो आकारको उल्का पिण्ड पृथ्वीको नजिकैबाट केटको छ।
2017 FJ101 नाम दिइएको सो पिण्ड पृथ्वीको ३२५,०८७ किलोमिटर माथीबाट कटेको हो।

पृथ्वीको नजिकैबाट कटेको यो उल्काले चन्द्रमा र पृथ्वीमा कुनै खतरा नहुने वैज्ञानिकहरुले बताएका छन्।

आठ मिटर (२६ फिट) चौडा रहेको यो पिण्ड सबैबन्दा पहिले मार्च २५ मा अमेरिकाको हवाई स्थित प्यान-स्टार्स १ टेलिस्कोपले देखेको थियो।

पृथ्वीलाई चन्द्रमाले करिब ३८४,४०० किलोमिटर टाढाबाट परिक्रममा गर्छ। यो पिण्ड चन्द्रमा भन्दा पनि नजिकबाट कटेको हो।

यस्तो उल्का यदि भविष्यमा पृथ्वीसंग ठोक्किन्छन् भने त्यो पहिलो पटक भने हुनेछैन।

सन् २०१३ मा रुसमा विना चेतावनी आएको १७ मिटर चौडा एक उल्का खस्दा १००० भन्दा बढी घाइते भएका थिए।

उल्का पिण्डको खतरासंगै नासाले भविष्यको लागि एक महत्वकाक्षीं योजना पनि सार्वजनिक गरेको छ। कुनै उल्का पृथ्वीमा ठिक्किने भएमा नासाले एक रोबोटिक स्पेशसिप प्रक्षेपण गर्नेछ जसले एक ठूलो पिण्ड जोडले पृथ्वी तर्फ बढिरहेको उल्कातर्फ प्रहार गरि त्यसको गति र दिशा परिवर्तन गर्नेछ। नासा अघिल्लो एक वर्षदेखि यसरी उल्का पिण्डलाई ‘डिफ्लेक्ट’ गर्ने पद्धतिमा अध्ययन गर्दैछ।

यो पढ्नुस्।
रुसले लञ्च गर्यो सबैभन्दा शक्तिशाली सबमरिन, २४०० किमी परको वारहेड ध्वस्त गर्न सक्ने
२४ घण्टाभित्र सूर्यको सतहमा शक्तिशाली ३ सोलार फ्लेयर, नासाले तस्बिर सार्वजनिक गर्यो