एसिडिटी र पेट दुख्ने समस्या अहिले सामान्य बनेको छ। नियमित पर्याप्त पानी सहि समयमा पिउँदा पेटको रोग सजिलै निको हुने भएपनि त्यसो नगरि वर्षौको खराब बानीका कारण बिग्रेको पेट सन्चो पार्ने अलौकिक अौषधीको आशामा मानिसहरु समस्या ग्रस्त छन्।

पेटका यस्ता समस्या लामो समयसम्म चलिरहेमा गम्भिर रोगका लक्षण हुन सक्नेकुरामा पनि ध्यान दिन जरुरी छ । जान्नुहोस्, पेट खराब हुँदा के–के रोग लागेको हुनसक्छन् ?

१. पेप्टिक अल्सर – लामो समयसम्म पेट खराब भइरहेमा पेप्टिक अल्सर हुनसक्छ । यस समस्यालाई ध्यान नदिएमा पेटमा ‘ब्लिडिङग इन्फेक्सन(रगत बग्ने) र क्यान्सरको आशंका बढ्छ ।

२. बाउल डिजीज – पेट खराब हुँदा पेटको तल्लो भागमा दुखाई हुन थाल्छ । यस्तो अवस्थामा रोग्र प्रतिरोध क्षमता कमजोर हुन्छ, जसमा बाउल(आन्द्रा)को रोगको खतरा बढेर जान्छ ।

३. हेमोरोइड्स – लामो समयसम्म पेट बिग्रिरहने भएमा हेमोरोइड्स अर्थात् मलद्धारका रक्तनलीहरु सुन्निने समस्या हुन सक्छ । यस्तो अवस्थामा एकदम पेट दुख्ने र दिशामा रगत देखिन सक्छ ।

४. पखाला – पाचन प्रक्रिया गडबढ भएपछि पखाला चल्ने समस्या उत्पन्न हुन्छ ।

५. कब्जियत – लामो समयसम्म पेटमा खराबी उत्पन्न भएमा पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थमा कब्जियत हुनसक्छ ।

६. पेट सुन्निने – पेटमा खराबी भएका कारण पेटको तल्लो भागमा दुखाई र ज्वरो आउने हुन्छ । उमेर बढ्दै जाँदा यसको खतरा पनि बढ्दै जान्छ ।

७. ग्यास्ट्रिक एसिड रिफ्लक्स – पेट खराब भएपछि आवश्यकभन्दा बढी एसिड बन्न थाल्छ । लामो समयसम्म एसिड(अम्ल) रहिरहेमा ग्यास्ट्रिक रिफ्लक्सको समस्या हुन थाल्छ ।

यो पढ्नुस्।
पेट दुखाईबाट छुटकारा पाउन यस्ता सजिला उपाय…
खाली पेटमा यी ७ खानेकुरा नखानुहोस्