यदि तपाइँलाई आफ्नो मोटोपनको चिन्ताले सताइरहेको छ भने बैज्ञानिकहरुले तपाइँलाई एउटा सुझाव दिएका छन् । मोटाउने डरले भात कम खाने वा भात नै नखाने बानी छ भने पनि यो सुझाव पढेपछि तपाइँको चिन्ता हट्ने छ ।

हालै गरिएको शोधबाट भात पकाउने तरिकाले मोटो पन नियन्त्रण गर्न सकिने तथ्य पत्ता लागेको हो ।

rice goodness 1

श्रीलंकाको द कलेज अफ केमिकल साइन्सेजका शोधकर्ताहरुका अनुसार भात नरिवलको तेल हालेर पकाउँदा त्यसमा रहेको ६० प्रतिशत क्यालोरी नियन्त्रण गर्न सकिन्छ । भातमा नरिवलको तेल हाल्दा यसमा रहेको रेजिस्टेन्ट स्टार्चको मात्रा बढ्ने र यसमा रहेको सुगर फ्याटमा बदलिने खतरा पुरै कम हुन्छ ।

शोधकर्ताहरुका अनुसार यदि भात नरिवलको तेल हालेर पकाउने र १२ घण्टा सम्म फ्रिजमा राख्ने हो भने यसमा रहेको क्यालोरी ५० प्रतिशत भन्दा बढि कम हुन्छ ।

rice goodness 2

यसको अर्थ भात पकाउने समयमा कम्तिमा पनि १ चम्चा नरिवलको तेल हालेर पकाउने र फ्रिजमा सेलाउन राख्दा यसमा रहेको फ्याट नियन्त्रण भएर पेट बढ्ने समस्या हुँदैन ।

तर खाने बेलामा भने पुनः एक पटक तताएर मात्र खान बैज्ञानिकहरुले सुझाएका छन् । त्यसै गरी एक पटक तताइसकेको भात पुनः तताउन नहुने समेत उनीहरुको सुझाव छ ।

 

यो पनि हेर्नुस्

के भात खाँदा भुँडी बढ्छ ?

भात खानुका फाइदै फाइदा 

भुँडी बढेर दिक्क पार्‍यो ? पिर नगर्नुस्