१८ मंसिर, तनहूँ । तनहूँको आँबुखैरेनी बजारबाट ४५ थान गोली र चार वटा पेस्तोलसहित आज तीन युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आँबुखैरेनीका अभियान श्रेष्ठ, विजय गुरुङ र जय गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

हतियारसहितका युवाहरू नियन्त्रणमा लिन नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो ।

पक्राउ परेका युवाहरूविरुद्ध हातहतियार तथा खरखजना ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।