१ जेठ, पोखरा ।

पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेले साढे दुई सय मतले अग्रता लिएको छ।

१३ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६ सय ९० र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ४ सय ४६ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ६ सय ७८ र काँग्रेसकी उम्मेदवार सरस्वती गुरुङले ४ सय ५४ मत ल्याएकी छिन्। वडाध्यक्षमा एमालेका लागि ६ सय ८६ र काँग्रेसका लागि ४ सय ५६ परेको छ।