४ जेठ, काठमाडौं । कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा फेरि एमालेले अग्रता कायम गरेको छ । विहान सम्म अग्रता गरिरहेको काँग्रेस उमेद्बारलाई ४ सय मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

पछिल्लो ताजा परिणाम अनुसार महानगर प्रमुख पदमा एमालेका मानबहादुर जिसीले ९ हजार ५ सय १० मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रामजी कुवँरले ९ हजार १ सय १४ मत पाएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ९ हजार २ सय ९५ र काँग्रेसकी सरस्वती गुरुङले ८ हजार २६ मत प्राप्त गरेकी छिन् ।