१२ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली काँग्रेसका पूर्णकुमार गुरुङ एकहजार ६९० मतसहित विजयी बन्नुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमार गुरुङले एक हजार ३६७ मत प्राप्त गरे ।

वडाको खुला सदस्यद्वयमा प्रेमप्रसाद बराल र शेखरनाथ लामिछाने, महिला सदस्यमा बुद्धिमाया रिजाल र दलित महिला सदस्यमा सरस्वती सार्की विजयी भए ।