१२ कात्तिक, पोर्चुगल।

पोर्चुगलमा हिजो राती गाडी दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । अरु एक नेपाली र एक पाकिस्तानी गम्भीर घाइते भएका छन् ।lisbon-portugal-1254276

ओदिमिराबाट राजधानी लिस्बोन आउने क्रममा प्रहरीलाई छक्काएर भाग्न खोज्दा दुर्घटना भएको पोचुगिज प्रहरीले जनाएको छ । पाकिस्तानी चालकले मदिरा सेवन गरी गाडी चलाएको र प्रहरी चेकिङबाट अध्याधिक तिब्र गतिमा भाग्न खोज्दा गाडी अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा बाग्लुङ र रुपन्देहीका युवा भएको बुझिएको छ । तर प्रहरीले उनीहरुको नाम ठेगाना सार्वजनिक नगरेको नेपाली अवैतानिक दुतावास पोर्चुगलले जनाएको छ ।

घाइते दुबैको अवस्था गम्भीर रहेको प्रहरीले बताएको दुतावाले जनाएको छ । घाइते नेपालीको खुट्टा भाँचिएको र पाकिस्तानी युवाको गम्भीर रुपमा आइसीयुमा उपचार भइरहेको छ ।

मृतकको शव बेजामा रहेको बेजा अस्पतालमा राखिएको दुतावासले जनाएको छ । घाइते नेपालीको शान्तियागोमा उपचार भइरहेको र आफूहरु भोली अस्पताल पुगेपछि मात्र घटनाका बारेमा विस्तृत विवरण आउने एन आर एन पोचुगलका अध्यक्ष भिम केसी कमलले बताए ।

यो पढ्नुस्।
पोर्चुगलको संसद भवन अगाडी आप्रवासी नेपालीको प्रदर्शन