२० असोज, पोर्चुगल।

युरोपियन मुलुक पोर्चुगलमा ‘चितवन समाज पोर्चुगल’ गठन भएको छ । तुल्सीराम रापकोटाको संयोजकत्वमा १३ सदस्सीय समाज गठन भएको हो ।chitwan-samaj-portugal

चितवन सहायता कोष बेल्जियमका अध्यक्ष दिनेशप्रसाद भण्डारीको संयोजकत्वमा राजधानीमा लिस्वनमा भएको भेलाले १३ सदस्सीय समाज गठन गरेको हो । जसको सहसंयोजकमा कमलनाथ नेपाल, सचिवमा इश्वर प्रसाद चौधरी र कोषाध्यक्षमा शोभा सापकोटा छन् ।

त्यस्तै सदस्यहरुमा सीता अधिकारी, राम बर्देवा, दया ढकाल, राज तिमिल्सिना, लक्ष्मण चापागाँई, दीपक पौडेल, राजु गुरुङ, प्रल्हाद कँडेल र प्रेम पुन छन् । गोबिन्दप्रसाद सापकोटा, हेमन्तप्रसाद सेडाई र बृहसपति कडेललाई सल्लाहकारमा राखिएको छ ।

चितवनमा देखिएका विभिन्न समस्या र चितवनबाट पोर्चुगलमा आएका नेपालीले भोग्नु परेका समस्या समाधानका लागि सहयोग गर्न भन्दै समाज गठन गरिएको सल्लाहकार साप्कोटाले जानकारी दिए । त्यसका लागि सहयोग कोष पनि स्थापना गरिने र अन्य मुलुकमा पनि समाज गठन गर्दै जाने र अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको समाजले जनाएको छ ।

पछिल्लो समय विभिन्न देशमा यस्ता जिल्लास्तरिय समाज गठन गर्ने चलन बढ्दै गएको छ। पोर्चुगलमा बाग्लुङबाट आएका नेपालीको संख्या सबैभन्दा बढी छ भने त्यसपछि चितवनवासी रहेको बताइन्छ ।