८ फागुन, पोर्चुगल ।
पोर्चुगलमा रहेका नेपालीहरुको हकहितमा काम गर्ने भन्दै नयाँ संगठन खोलिएको छ । जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा रहेका नेपालीहरुको हिजो भएको भेलाले ‘नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन’ गठन गरेको हो ।

सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्ने, नेपालीकोबीच सहयोग, समन्वय र सद्भाव वृद्धि गर्ने, त्यहाँ जाने नयाँ नेपालीका लागि क्षमता अभिवृद्धि गर्नेलगायत उद्देश्य राखेर एशोशियशन गठन गरिएको नव निर्वाचित अध्यक्ष भुपेन्द्र बस्नेतले जानकारी दिए ।

भेलाले बस्नेतको अध्यक्षतामा २४ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा वृहस्पति कँडेल, सचिवमा मधुसुदन सापकोटा, सहसचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा पेम्छिरी शेर्पा र सहकोषाध्यक्षमा सुनिता कुँवर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रुपेश शाह, सूर्य शर्मा, पुनम बानियाँ, नन्दलाल कँडेल (रामु), राजकुमार उप्रेती, बासु सत्याल, ङ्वाङ्ग दावा शेर्पा, लक्ष्मण शर्मा, दुर्गा मल्ल, जीवन थापा, प्रवीण गिरी, राजन गुरुङ, विश्व घिमिरे, दावा शेर्पा, विनोद मरासिनी, डम्मर खत्री, बमबहादुर जीसी र निलकण्ठ घिमिरे रहेका छन् ।

भेलाले प्रवीण गिरीको संयोजकत्वमा ४ सदस्सीय विधान मस्यौदा समिति, राजन गुरुङको संयोजकत्वमा खेलकूद उपसमिति र लक्ष्मण शर्माको संयोजकत्वमा साँस्कृतिक उपसमिति पनि गठन गरेको पोर्चुगलबाट बासु सत्यालले जानकारी दिए ।

भेलाका सहभागीहरुले पोर्चुगलका संघ संस्थाले नेपालीहरुको हकहितमा काम गर्न नसकेको, नेपाली मरेपछि लाश बुझ्ने, फोटो खिचेर फेसबुकमा अपलोड गर्ने, हजारौ गुनासा हुँदा पनि समाधानको पहल नगर्ने गरेको गुनासो गरेका थिए ।