९ असोज, काठमाडौं ।

कांग्रेसमा रामचन्द्र पौडेल पक्षधरले संविधान कार्यान्वयनको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले धारणा बनाउन अग्रसरता नलिएको प्रति आपत्ति जनाएको छ ।

नेपालको उदाहरण दिँदै पाकिस्तानबाट भारतलाई जवाफ

पौडेलपक्षका शीर्ष नेता सम्मिलित यो पक्षको अनामनगरमा बसेको बैठकले स्थानीय निकाय, राज्य पुनर्संरचना, संविधान संसोधनका विषयमा अरु दलले धारणा बनाए पनि सबैभन्दा ठूलो दल कांग्रेस विकल्पहीन देखिएको भन्दै छिटो केन्द्रीय कार्यसमितिको बैठक बोलाएर यी विषयमा धारणा बनाउन दबाब दिने निर्णय गरेको हो ।

kp oli sher bahadur deuwa ramchandra paudel samsad 6363206

‘एमालेदेखि माओवादीसम्मले संविधान संसोधन, स्थानीय तह, राज्यपुनर्संरचाका विषयमा धारणा बनाइसके तर, ठूलो पार्टी कांग्रेसले धारणा बनाउन नसक्नु लाजमर्दो भएको हाम्रो निष्कर्ष हो’ बैठकमा सहभागी पौडेल निकटका एक केन्द्रीय सदस्यको भनाई छ, ‘सभापतिले नै अग्रसरता नलिएपछि छिटो केन्द्रीय समिति बैठक बोलाएर धारणा प्रष्ट पार्न दबाब दिने निर्णय गरेका छौं ।’

थकित, गलित र पीडित रामचन्द्र पौडेल काठमाडौं छोड्दै !

ती नेताका अनुसार आइतबार बरिष्ठ नेता रामचन्द्र पौडेलले देउवासँग छिट्टै केन्द्रीय समितिको बैठक डाक्न आह्वान गर्नेछन् । आफ्नो गुटले गरेको निर्णय सुनाउन भेटेरै आग्रह गर्ने तयारी पौडेलले गरेका छन् । पौडेल पक्षको गुटको भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका केन्द्रीय नेताहरु सहभागी भएको बुझिएको छ ।

बैठकमा देउवाको तीव्र आलोचना

पौडेल पक्षको बैठकमा सभापतिको कार्यशैली ठीक नभएको भन्दै अधिकांश सदस्यले तीव्र असन्तुष्टी जनाएका छन् । अब २०७४ माघ आउन धेरै नभएको भन्दै त्यतिखेरसम्म तीनवटा चुनाव गरी संविधान कार्यान्वयनलाई निष्कर्षतिर लानुपर्ने भए पनि सभापति देउवाको प्रयास र अग्रसरता नै नभएको भन्दै आलोचना भएको बैठकमा सहभागी एक नेता बताउँछन् ।

सरकार माओवादीको एकलौटी

बैठकले गठबन्धन सरकारको भावनामा सरकार नचलेको निष्कर्ष निकाल्दै आगामी केन्द्रीय समितिको बैठकमा यी विषयमा पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

congress mahaadhivesan sashank ram chanra ram sharan mahat

केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै कांग्रेससँग छलफल नगरी नै विषयहरु उल्लेख गरेको भन्दै सदस्यहरुले विरोध जनाउन पुगेका थिए । कांग्रेस ठूलो पार्टी भए पनि माओवादीले एकलौटी गरे सहन नहुनेमा पौडेल पक्षले जोड दिएको छ ।

पौडेल काठमाडौंबाट बाहिरिंदै

यता देउवासँग केन्द्रीय समितिको बैठक माग गर्ने पौडेल पनि केही दिन काठमाडौंमा नहुने भएका छन् । उनी चारपाँच दिनका लागि दर्शनको लागि तिब्बतको मानसरोवरतर्फ आइतबार नै प्रस्थान गर्ने भएका छन् ।

ramchandra paudel-muskan

आइतबार नेपालगन्ज पुगेर सोमबार हुम्ला हुँदै मानसरोवर जाने तयारी पौडेलको छ । १३ औं महाधिवेशन, संसदीय दल, नेविसंघ र महिला संघमा समेत आफ्नो पक्षले नराम्रो गरी पराजय बेहोरेपछि यतिखेर पौडेल तनावमा रहेको बुझिएको छ ।

चीनलाई झट्काः बैज्ञानिकले भने अव हाम्रो नियन्त्रणमा छैन