कुशल श्रेष्ठ

खानासँग काँचो प्याँज चपाउन रुचाउनेहरूले आफ्नो आमाबुवाबाट यो धेरै पटक सुन्नुभएकै होला- “कति प्याँज खा’को? यसै त ढिलो उठ्छ, झन् प्याँज खान्छ!” उनीहरूको यो भनाइमा कत्तिको सत्यता छ त?

प्याँज भनेको मानव इतिहासको प्राचीन काल देखि नै उपभोग गरिँदै आएको खानेकुरा हो। धेरैले यसलाई निन्द्रा उत्पन्न गराउने खानेकुरा पनि भन्ने गर्छन्। यसको सत्यतालाई प्रमाण गर्न अमेरिकाको कोर्नेल युनिभिर्सिटीका वैज्ञानिकहरूले एक अनुसन्धान गरे। जसबाट उनीहरूले प्याँजको मूख्य ३ वटा विशेषता पत्ता लगाए- रगत पातलो बनाउने, जलन र दुखाइ कम गर्ने अनि क्यान्सरसँग लड्नेchef-holding-onions

(गोलभेँडा अनि प्याँज काँचै खाँदा ठीक कि पकाएर? जान्नुहोस् ६ सब्जीको बारेमा)

कसरी?

प्याँजमा पाइने प्रमुख तत्व भनेको ‘थायोसल्फिनेट्स’ (Thiosulfinates) हो, जसले प्याँजको कडा गन्ध र आँखाबाट आँशु निकाल्ने काम गर्दछ। साथै, यो सल्फर तत्वले हाम्रो रगतमा भएको प्लेटिलेट्स (Platelets) लाई एकठाउँमा जम्मा भएर थिग्रिनबाट रोक्दछ र रगतलाई पातलो बनाउँदछ। जब हाम्रो रगतमा प्लेटिलेट्स थिग्रिन जान्छ, तब मुटुरोग तथा हृदयघात हुने सम्भावना बढ्न थाल्छ। त्यसैले काँचो प्याँज खाएपछि रगत पातलो हुन गई मुटुमा पर्ने दवाव कम हुन्छ र रक्तचापमा नियन्त्रण हुन थाल्छ।

प्याँजमा पाइने त्यहि ‘थायोसल्फिनेट्स’ले जलन, दुखाई र सुन्निएको अवस्थाको विरोधकको काम पनि गर्दछ। किनभने यो थायोसल्फिनेट्स एक प्राकृतिक सल्फर तत्व हो, जसमा एण्टिअक्सिडेण्ट र एण्टिइन्फ्लेमेटरी विशेषता हुन्छ। शरीरको कुनै पनि अङ्गमा (चाहे बाह्य अङ्ग होस् या आन्तरिक) केहि कारणले यदि सुन्निन गएमा त्यसले दम, बाथ र मुटुरोगको खतरालाई बढाउँदछ। यदि मुटुको धमनी अथवा रक्तनली सुन्निने अथवा दुख्ने अवस्था आएमा त्यसले मुटुरोगलगायत हृदयघात समेत ल्याउन सक्छ। प्याँजको जलनविरोधक विशेषताले शरीरको आन्तरिक अङ्गहरूमा भएको दुखाई, जलन अथवा सुन्निएको अवस्थालाई राहत दिन्छ र रक्तसञ्चारमा सहजता प्रदान गर्दछ।

प्याँजमा क्यान्सरविरोधक तत्व पनि भरपूर मात्रामा पाइन्छ, जस्तै फ्लाभेनोइड्स र फेनोलिक्स (flavonoids and phenolics)। यो यस्तो एण्टिअक्सिडेण्ट हो जसले शरीरमा फ्री राडिकल (free radical) को उत्पादनमा कमि ल्याउँदछ। फ्री राडिकलले हाम्रो स्वस्थ कोषलाई क्यान्सरग्रसित कोषमा परिवर्तन गरिदिन्छ। प्याँजमा पाइने एण्टिअक्सिडेण्टले विशेषतः कलेजो र आमाशयको क्यान्सरबाट बचाउँदछ।

(प्याँज काट्दा किन आँशु आउँछ?)
यो त प्याँजको मूख्य ३ विशेषता भयो, तर यसको निन्द्रासँग के सम्बन्ध छ त?

सम्बन्ध छ! हाम्रो निन्द्राको लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा भनेकै रगत र अक्सिजन हो। प्याँजले रगतलाई पातलो बनाई रक्तसञ्चारमा सुधारमा ल्याउने कुरा त माथि नै उल्लेख गरिसकियो, जसको कारण दिमागमा (सुताउने काम दिमागको हो) सहजै रगत र अक्सिजन पुग्न पाउँछ। साथै प्याँजको त्यो गन्धले (जसमा सल्फर तत्व हुन्छ) हाम्रो दिमागमा ‘मेलाटोनिन’ (melatonin) नामक हरमोनको उत्पादनमा जोड दिने काम गर्छ। मेलाटोनिन त्यहि हरमोन हो जसले हामीलाई हाई गराई निन्द्रा लागेको महशुस गराउँछ। त्यसैले नै चीनको प्राकृतिक चिकित्साशास्त्रमा निन्द्रा लगाउनको लागि सुत्नेबेला काँचो प्याँज सुँघेर पल्टियो भने चाँडै निन्द्रा लाग्छ भनेर उल्लेख गरिएको छ। यसले फेरि रक्तनलीमा भएको जलन अथवा शरीरिको कुनै पनि अङ्गमा भएको दुखाईलाई समेत टाढा राख्दछ। मीठो निन्द्राको यो लागि यो भन्दा बढि के चाहियो र? यसकारण नै प्याँज खाएर सुतेपछि मीठो र गुणस्तरयुक्त निन्द्रा लागेको आफैले महशुस गर्न सकिन्छ।

(ग्यास्ट्रिक गराउने खाना र यसलाई रोकथाम गर्ने खानेकुरा)Onions helps to sleep better, how
निन्द्रा लगाउने अन्य खानेकुराहरू यस प्रकार छन्:-

यदि तपाईँलाई ओच्छ्यानमा जानै मन लागेको छैन, निन्द्रा लागेकै छैन अनि भोलि विहान चाँडै उठ्नुपर्ने बाध्यता छ भने, तपाईँको समस्यालाई समाधान गर्ने टन्नै प्राकृतिक उपायहरू छन्। उपायहरू भन्दा पनि खानेकुराहरू छन् भनौँ न!

त्यसैले सजिलै र मीठो निन्द्रा लगाउनको लागि दैनिक यो खानेकुराको सेवन गर्नु सबैभन्दा उचित हुन्छ।

फलफूल:-
  • केरा
  • स्याउ
  • स्ट्रेबेरी
  • अवोकाडो
  • भुइँकटहर
  • नासपती
सागसब्जी:-
  • हरीयो सागपात
  • तोरीको साग
  • कुरिलो
  • हरीयो केराउ
  • ब्रोकाउली
  • प्याँज
  • गोलभेँडा
  • बन्दा
  • काउली
  • च्याउ
  • काँक्रो
  • लसुन

यदि निन्द्रा लागेको छैन र चाँडै सुत्न चाहनुहुन्छ भने कि एउटा कोसा केरा, कि एक चाना प्याँज वा लसुन, कि चाहिँ एउटा स्याउ खाइदिनुहोस्।Red-onion-Health-Benefits1

(यौन क्षमता बढाउन चाहनुहुन्छ? यी कुराले गर्छ सहयोग…)

तर सावधान! एकैदिनमा एउटा भन्दा बढि काँचो प्याँज खानु हानिकारक हुन्छ। यसले रगतलाई पातलो बनाइदिन्छ, त्यो त थाहा पाउनुभयो होला! त्यसैले धेरै काँचो प्याँजको मात्राले रगतलाई धेरै पातलो बनाइदिन्छ, जुन हानिकारक मात्रै नभएर घातक पनि हुन्छ। धेरै पातलो रगतमा पर्याप्त मात्रा अक्सिजन र अन्य पौष्टिक तत्वहरू हुँदैनन्, जसको कारण दिमाग र मुटुमा पर्याप्त अक्सिजन पुग्न पाउँदैन र रिँगटा लाग्ने, बान्ता हुने, टाउको दुख्ने र मूख्यतः ज्वरो आउने जस्ता समस्या देखा पर्न सक्छन्।

(यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन)