घरमा आमा, दिदीबहिनी अथवा श्रीमतीले खाना बनाउने बेला तपाईँलाई प्याँज काट्नको लागि मद्दत माग्नुभयो भने तपाईँको दिमागमा जे सोँच आउँछ त्यो सबैले बुझ्ने कुरा हो। यसलाई काट्ने बेला सबैको आँशु झर्ने गर्छ। प्याँज काट्न सुरु गर्ने बित्तीकै सबैलाई रून मन लाग्छ अनि हातले आँशु पुछ्ने क्रममा झन् बढी पीडा भोग्नुपर्ने हुन्छ।

why-does-cutting-onions-make-us-cryकहिल्यै सोच्नुभएको छ कि, प्याँज काट्दा किन आँशु आउँछ? आज हामी तपाईँहरूलाई यसको बारेमा विस्तृत जानकारी दिन गइरहेका छौँ।

प्याँजमा त्यस्तो के हुन्छ, जसले रुवाउँछ?
  • प्याँजमा ‘एमिनो एसिडका सल्फोक्साइड’ (Amino Acid Sulfoxides) पाइन्छन्, जुन प्याँजका कोषमा गएर ‘सल्फेनिक एसिड’ (Sulfenic Acid) मा परिणत हुने गर्दछन्।  cut onion
  • त्यसपछि, जब तपाईँले प्याँज काट्नुहुन्छ, ती इन्जाइम र सल्फेनिक एसिड मिस्सिन थाल्दछन् र ‘प्रोपेनथायोल एस-अक्साइड’ (Propanethiol S-oxide) मा परिणत हुन्छन्।
  • यो अक्साइड, सल्फरको अस्थिर रूप हो, जुन चाँडै नै हावामा मिस्सिन जान्छ।जब यो अक्साइडले आँखामा भएको पानीसँग प्रतिक्रिया गर्दछ, तब ‘सल्फ्युरिक एसिड’ (Sulphuric Acid) पैदा हुन्छ।
  • उक्त एसिडले गर्दा हाम्रो आँखामा पोलेको महशुस हुन्छ र एसिडलाई पखाल्नको लागि आँशु निस्कने गर्दछ।
  • सामान्यतयाः यस्तो बेलामा दिमागले आँखा बन्द गर्न आदेश दिने गर्दछ,तर आँखा बन्द गरेर पनि प्याज काट्न मुस्किल हुन्छ।
  • प्याँजमा भएको सल्फर यौगिकले गर्दा नै हाम्रो हातमा छुट्टै किसिमको गन्ध रहने गर्दछ, जुन धुँदा पनि जाँदैन।
आँशु आउनबाट बच्ने उपायहरू
  • प्याँज काट्ने ठाउँको छेउछाउमा पङ्खा चलिरहेको छ भने त्यसलाई बन्द गर्नुहोस्। पङ्खाबाट निस्केको हावाले प्याँजबाट निस्केको रसायनलाई झन् बढी सञ्चार गर्न मद्दत गर्छ र आँखामा पर्ने सम्भावना बढी हुन्छ।
  • काट्नुभन्दा केही घण्टा अगाडि प्याँजलाई फ्रीजमा राख्नुहोस्। यसले गर्दा प्याँजमा भएका इन्जाइमहरू जम्दछन् र सल्फेनिक एसिडसँग मिस्सिन पाउँदैनन्।
  • प्याँज काट्ने बेला चस्मा लगाउनु सबैभन्दा राम्रो उपाय हुन्छ, जसले गर्दा त्यसबाट निस्केको ग्याँस तपाईँको आँखासम्म पुग्न पाउँदैन र आँशु आउनबाट बच्न सकिन्छ।
  • काट्नुभन्दा अगाडि प्याँजलाई एकछिनसम्म पानीमा भिजाउँदा त्यसबाट निस्केको रसायन पानीसँग घुल्दछ र आँखासम्म पुग्न पाउँदैन।
  • काट्ने ठाउँको छेउछाउमा मैनबत्ती बाल्दा प्याँजबाट निस्केको रसायन त्यसको आगोतर्फ आकर्षित हुने गर्दछ र तपाईँको आँखासम्म पुग्न पाउँदैन। तर नजिकै मैनबत्ती बाल्दा सावधानी अपनाउनुहोस्।
  • प्याँजलाई काट्दा सुरुमा त्यसको जरालाई काटेर फालिदिनुहोस्, किनभने प्याँजको जरामा धेरै मात्रा सल्फेनिक एसिड हुने गर्दछ र काटेपछि इन्जाइम र सल्फेनिक एसिडको मिश्रणमा कमी हुन जान्छ। जसले गर्दा प्रोपेनथायोल एस-अक्साइड ग्याँस निस्कने मात्रामा पनि कमी हुन्छ।
  • प्याँजलाई पकाउँदा पनि त्यसबाट निस्कने ग्याँस हराएर जान्छ। त्यसैले प्याँज काटिसकेपछि, छिटोभन्दा छिटो पकाउन सुरु गरिहाल्नुहोस्।
अति महत्वपूर्ण नोटः

तपाईँले प्याँज काट्नुभयो र काटेको प्याँज आजको तरकारीको लागि धेरै हुन गयो। अब त्यो बाँकी रहेको प्याँजलाई के गर्नुहुन्छ? फालिदिनुहुन्छ, या अर्को दिनको लागि बाँकी राख्नुहुन्छ?

काटेको प्याँजबाट सल्फर ग्याँसको अक्साइड उत्पादन हुन्छ र उक्त ग्याँसमा ब्याक्टेरियाहरू आकर्षित हुने गर्दछन्, जसले गर्दा प्याँजमा भएको स्वस्थ पदार्थलाई नोक्सान पुर्याउँदछ। त्यसैले एकचोटी काटेर राखेको प्याँजको टुक्रालाई त्यतिबेला नै प्रयोग गर्दा उचित हुन्छ। बासी प्याँज स्वास्थ्यको लागि हानीकारक हुन्छ।

यो पनि हेर्नुहोस्-
प्याज, कपाल झर्न रोक्ने रामवाण
कान दुखेको छ ? प्याज छँदै छ नि…
यस्तो अवस्था भएको व्यक्तिले लसुन पटक्कै खानुहुँदैन
लसुन खाँदा फाइदैफाइदा
विहान उठ्दा स्वास गनाउने समस्या समाधानका १० उपाय