३ मंसिर, झापा ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । उनले दाहाल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । प्रकाशको निधन भएको खबर पाउनासाथ ओलीले दाहाललाई भेट गरेका थिए ।

दमकस्थित आफ्नै निवासमा बसेका ओलीलाई बिहान ६ बजे दाहालले फोन गरेर छोराको निधन भएको दुखद् खबर सुनाएका थिए । लगत्तै बिर्तामोड गएर प्रचण्डलाई भेटेर काठमाण्डौं पठाएर, दमक फकिंए, कांकरभिट्टामा आयाजित आम सभामा ओलीले भने । अत्यन्तै दुखद् घटना भयो । प्रकाशको निधनले हामी मर्मा्हित भएका छौ । उनले भने, प्रकाशको अल्पायुमै भएको निधनले नेपाली राजनीतिले एकजना सम्भावना भएको युवा गुमाएको छ ।

आज सोही चुनाबी सभालाई एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले संयूक्त रुपमा संम्बोधन गर्ने कार्यक्रम रहेको थियो । अध्यक्ष ओलीले आफु बन्न नभई देश बनाउन जोखीमयूक्त यात्रा गरेको स्मरण गर्दै अब बामपन्थी सरकार बनेरै छाडने ठोकुवा गरे । उनले अब बन्ने बामपन्थी सरकार बने विकास र निमार्णका काम अगाडी बढने बताए । त्यसैले सबै कार्यकर्ताहरुलाई उच्च मनोबलकासाथ गठबन्धनलाई मत दिएर विजयी गराउन निर्देशन दिए ।

बाम प्रगतिशिल गठबन्धनको नेतृत्वमा स्थिर र बलियो सरकार भन्ने मुल नाराका साथ कांकरभीट्टामा आइतबार आयोजित जनसभामा बोल्दै अध्यक्ष ओलीले प्रकाशको निधनले माओवादी केन्द्रलाई ठूलो क्षति भएको बताए । साथै उहांले कृषिलाई आधुनिकीकरण र व्यव्स्थीत गर्न आजको आवश्यकता भएको भन्दै बाम गठबन्धनको सरकार बनेपछि किसानलाई सबै कुरामा राहात हुने बताए ।

सभालाई सम्बोधन गर्दै आलीले भने अब नेपाली जनताले दुख पाउनु पर्दैन । आफ्नो जिन्दगी फाउको जिन्दगी भएको भन्दै ओलीले मलाई कमाउनु भ्रष्ट्रचार गर्नु छैन, अब म राष्ट्रको हित बाहेक अरु कल्पना गर्न सक्दिन ।