२० मंसिर, काठमाडौं । सत्तारुढ दल राप्रपाको निर्णयको कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ तनाब थपिएको छ ।

प्रचण्डलाई राप्रपाको प्रस्तावः संविधान संशोधनमा हिन्दु राष्ट्र नछुटोस्

राप्रपा पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारले ल्याएकोे संविधान संशोधन प्रस्ताव राष्ट्रहित अनुकुल नरहेको निष्कर्ष निकाल्दै समर्थन नगर्ने संकेत गरेको छ । पार्टी एकीकरणपछि सोमवार पहिलो पटक बसेको कार्यसम्पादन समितिको बैठकले संशोधन प्रस्ताव स्थगन गरी दलहरुसँग संवाद अघि बढाउन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको छ ।

फाइल तस्बिर

फाइल तस्बिर

बैठकले संविधान संशोधन विधेयकका दफाहरु राष्ट्रको हित प्रतिकुल रहेको किटानी गरेको छ । बैठकमा अध्यक्ष कमल थापाले पनि सरकारले अगाडि सारेको प्रस्ताव देशको हित प्रतिकूल रहेको वताएका थिए । तर थापाले असन्तुष्ट मधेसी मोर्चाको माग भने सम्बोधन गर्नुपर्ने बताउदै आएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई मधेसी मोर्चाले समर्थन गरे प्रस्ताव पास गराउने निर्णायक भूमिकामा राप्रपा रहेको छ । हाल राप्रपाको ३७ जना सांसद रहेका छन् ।

सहमति गरेर मात्रै संसोधन विधयेक अघि बढाउन राप्रपाको सुझाव