१४ साउन, काठमाडौं।
काठमाडौं–कांग्रेससँगको गठबन्धनमा सरकारको नेतृत्व गर्न लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकार र पार्टी दुबै सञ्चालन गर्दा कठोर बन्न पार्टी नेताहरुले सुझाव दिएका छन् ।

पार्टी र सउरकारको नेतृत्व गर्दा मन कमलो नबनाउन र दुढ भएर अगाडि बढ्न सल्लाह दिँदै नेताहरुले प्रचण्डलाई कूटनीतिलाई सन्तुलित बनाउन सुझाव दिएका हुन् ।

सरकारको नेतृत्व गरेको ६ महिनाभित्र जनताले अनुभूति गर्नसक्ने गरी सरकार सञ्चालन गर्न र महाधिवेशनलाई केन्द्रित गरी पार्टी सञ्चालन गर्न छुट्टाछुट्टै नेताको टिम बनाएर अगाडि बढ्न नेताहरुले सुझाव दिएका छन् । सरकारको राजनीतिक दिशा बनाउन प्रचण्डले पार्टी नेताहरुसँग सुझाव मागेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ।