काठमाडौं ।
हेडलाइन्स राजनीतिक टिप्पणी ।

जनयुद्धकालमा होस् या माओवादी शान्तिपूर्ण प्रक्रियामा आएपछि होस् नेपाली राजनीतिको केन्द्रबाट टसमस नभएका एक मात्र ब्यक्ति हुन् एमाओवादीका अध्यक्ष प्रचण्ड । कमजोर प्रतिपक्षी बनेर संविधानसभामा तेश्रो शक्ति बन्दा पनि राजनीतिक खेलमा प्रचण्ड नै प्रमुख स्ट्राइकर रहे । तर तिनै शक्तिशाली प्रचण्ड यतिबेला आफ्नो राजनीतिक इतिहासकै सबैभन्दा कमजोर धरातलमा उँभिएका छन् । संघीयताको विभााजनपछि कतिपय उनकै कार्यकर्ताले आफ्ना नेता भन्दा राजा ज्ञानेन्द्र नै बुद्धीमाान भनेर चलाएको चर्चाले उनीप्रति कार्यकर्ताको मोहभंग हुँदै गएको कुरालाई स्पष्ट संकेत गर्छ । 

[quote_box_center]कतिसम्म भने पार्टीमा सबै भन्दा नजिकका मित्रहरुबाटै चेतावनी र धम्कीका भाषा सुनेर पनि लाचार र जवाफ नदिइ बस्नु पर्ने अवस्थामा देखिएका छन् प्रचण्ड । पार्टीमा उनका लागि सँधै प्रतिपक्ष बनेका ब्यक्ति बाबुराम भट्टराईले उनलाई विस्थापित गर्ने अवसरकोरुपमा लिइरहेको देखिन्छ । तर पनि प्रचण्डलाई आफूलाई विस्थापित गर्न कँस्सिएका र शुरु देखि नै लगातार संघर्षमा रहेका बाबुराम भट्टराईको टेको लागिरहनु परेको बाध्यात्मक अवस्था छ ।[/quote_box_center]

खासमा भन्दा प्रचण्ड यतिखेरे नाम अनुसारकै प्रचण्ड दबाबमा छन् । भयंकर अश्चितको भुमरीबाट गुज्रिएको उनको राजनीतिक करियरले अब कस्तो दिश लेला अनुमानको विषय भनेको छ । १० वर्ष सशस्त्र जनयुद्ध हाँकेर शान्तिपुर्ण राजनीतिमा पदार्पण गरेका प्रचण्डका आगामी दिन कस्ता हुन्छन् भन्ने कुराले नेपाली राजनीतिको दिशा समेत तय गर्ने विश्लेषकहरु बताउँछन् ।

prachanda sad

संविधानका लागि संघीयता र शासकीय स्वरुपमा ठुलो लचतका देखाएका प्रचण्डलाई आफ्नै भनिएकाहरुबाट लगातार प्रहार भइरहेका छन् । कतिसम्म भने पार्टीमा सबै भन्दा नजिकका मित्रहरुबाटै चेतावनी र धम्कीका भाषा सुनेर पनि लाचार र जवाफ नदिइ बस्नु पर्ने अवस्थामा देखिएका छन् प्रचण्ड । पार्टीमा उनका लागि सँधै प्रतिपक्ष बनेका ब्यक्ति बाबुराम भट्टराईले उनलाई विस्थापित गर्ने अवसरकोरुपमा लिइरहेको देखिन्छ । तर पनि प्रचण्डलाई आफूलाई विस्थापित गर्न कँस्सिएका र शुरु देखि नै लगातार संघर्षमा रहेका बाबुराम भट्टराईको टेको लागिरहनु परेको बाध्यात्मक अवस्था छ । त्यसैमाथि संघीयताको सिमांकनका विषयमा देशका विभिन्न ठाउँमा भइरहेका विरोध र प्रदर्शनले पनि उनलाई असहज पारिरहेको छ ।

Prachanda Briefs Media

प्रचण्डलाई रक्तपात पुर्ण सशस्त्र युद्ध भन्दा शान्तिपुर्ण राजनीति हरहिसावले फलामे च्युरा सावित भएको बताउँछन् राजनीतिक पण्डितहरु । शक्ति, सामर्थ्य र छविमा आइरहेको तीब्र स्वखलन रोक्त लगातार असफल रहँदै आएका उनका अगाडी थोरै विकल्पहरु देखिन्छन् । राजनीति आफै अनन्त संभावना खेल भएकाले उनले भलै हार नमानेका होलान तर उनले ठक्कर खाने क्रम जारी छ । संघीयताका ६ प्रदेशमा कांग्रेस र एमालेसंग सम्झौता गरेपछिका परिदृश्य प्रचण्डका लागि झनै पेचिलो देखिएको छ । टेक्ने र समाउने ठाउँ भेट्न छोड्दै जाँदा उनि अन्त्यै एक्लै पर्ने सम्मका अडकल माओवादी वृतमा छन् । शान्तपुर्ण राजनीतिमा आएयता पार्टीलाई पाँच टुक्रामा विभाजना हुनबाट रोक्न नसकेका प्रचण्डको राजनैतिक जीवन अब धेरे हदसम्म जारी संविधान निर्माणको पक्रियासँग जोडिएको छ ।

पछिल्लो समयमा संविधान निर्माणसंग माओवादीहरुमा नयाँ किसिमको ध्रुबिकरण हुने अनुमान थियो । केही राजनीतिक विश्लेषकहरुले संविधानको घोषणासंगै नयाँ शक्तिको रटान लगाइरहेका बाबुराम भट्टराई अलग्गिने सक्ने प्रक्षेपण निरन्तर गरिरहेका थिए र छन् । बाबुराम भट्टराई नहुँदा प्रचण्डले मोहन वैद्यसंग एकता गर्ने चर्चामा पनि चलेको थियो र अहिले पनि यही अनुमानलाई बलियो मानिएको छ । उता बाबुराम भट्टराईले भने कडा भाषा बोलिरहेका नेत्रविक्रम चन्दसंग सामिप्यता बढाएका कुरा माओवादी पार्टी पक्तिबाटै आउँथ्यो ।

PrachandaBaburamNarayankaji

तर कांग्रेस एमालेसंग संघीयताका लागि प्रदेशमा सहमति भएलगतै फेरी सिनारियो फेरिएको आँकलन गरिएको छ । प्रचण्डकै कोर टिममा रहेका अनन्त, जनार्दन शर्मा लगायतका नेतानै प्रचण्डसंग आगो भएको बताइन्छ । पार्टी बैठकमा प्रचण्डमाथि उनिहरुले प्रश्न उठाएपछि बाबुरामले नै बचाउ गर्नु परेको थियो । संघीयताका पछिल्लो सहमतिले प्रचण्डलाई बैद्य नेतृ्त्वको माओवादीबाट पनि पर पुर्‍याएको छ भने नेत्र विक्रम चन्दसंग त कुरो मिल्ने त संभावनै सकिएको छ । कैलालीमा थारु आन्दोलनमा भएको हिंसा पछि त प्रचण्ड थप रनभुल्लमा परेका देखिएका छन् । उनीबाट खास प्रतिक्रिया पनि आएको पनि छैन् नत उनीबाट उल्लेख्य प्रेस्क्रिप्सन नै आएको छ ।

तर यसको ठीक विपरित प्रचण्डकै पार्टीका अध्यक्षका दाबेदार बाबुराम भट्टराई कैलाली घटनापछि चर्चामा छन् । कैलाली घट्नका विषयमा उनका टिप्पणी देखि खेलसम्म टिप्पणीले उनलाई चर्चाको सबै भन्दा ठुलो पात्र बनाएको छ । सकारात्नक र नकारात्मक दुबै चर्चामा बाबुरामले क्रमश प्रचण्डलाई छायाँमा पार्दै गइरहेका छन् । भूकम्पपछि नै देखिएको एक श्रृंखलाले निरन्तरता पाउँदा कैलाली घटनापछि नेपाली राजनीतिमा प्रचण्डको भन्दा चर्चा बाबुरामको निक्कै बढी भएको छ ।

baburam speech on parliament

संविधानका बुँदा बुँदा संघियताका प्रत्येका सिमानका बाबुरामका विचारोत्तेजकक धारणा सुन्न र पढ्न पाइन्छ। समाजिक सञ्जाल भएको आफ्नो जबरजस्त उपस्थितीको भरपुर फाइदा बाबुरामलाई मिलेको छ । फेसबुक र ट्विटरमा बाबुरामको आफ्नो आफु पक्षीय विचारका राम्रो प्रचार प्रसार गरिराखेका छन् ।

यो पनि पढ्नुस्

अर्को संविधानसभा हुनेछैन, इतिहासले अर्कै मोड लिनेछः बाबुराम भट्टराई

सामाजिक सञ्जलाको प्रयोगमा पुरै चुकेका प्रचण्ड साँघुरो घेराबाट बाहिर आउन नसकेको र उनका शुभेच्छुकहरुले लाजिम्पाटका पर्खालहरु नाघ्न नसकेको चर्चा बाहिर मात्र होइन माओवादीमा छ । यता बाबुराम भट्टराईले प्रचण्डकै डुंगामा बसेर उता थारु देखि मधेशीसम्म सम्वन्धको जालो विस्तार गरि राखेका छन् । यो कसरत व्यापक चर्चामा रहेको ”नयाँ शक्ति’को लागि हो कि भन्ने आधार पनि होलान तर समग्रमा बाबुरामले प्रचण्डलाई ओभरटेक गरेका छन् भन्छन् उनी निटकका नेता र शुभचिन्तकहरु ।

नेताहरुलाई चेतावनी दिँदै बाबुराम भट्टराईको स्ट्याटसः नक्शा सहित थरुहट प्रदेश प्रस्ताव

पार्टी बाहिर बाबुरामले पारेको प्रभाव र चलखेले प्रचण्डको ‘सत्ता’लाई नछुने तर्क पनि सुनिएको छ तर स्वयम पार्टी पंतिपनि बाहिरबाटै प्रभावित हुने हो । यसैपनि विचारका हिसावले प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका छन् । आफ्नै विचार नभएकाले अरुलाई प्रभाव पार्ने संभावन शुन्य हुन्छ । प्रचण्डका आलोचकहरु बताउँछन् । जनयुद्ध देखि नै प्रचण्डका प्रतिपक्षी तर अभिन्न पक्षकोरुपमा रहँदै आएका बाबुरामले भुकम्पपछि नेपाली राजनीतिमा बदलिएको सिनारिओको फाइदा लिँदै पार्टीको आन्तरिक र राष्ट्रिय राजनीतिमा क्रान्तिकारी छवि सहितको नेता बन्ने प्रयास गरेको र उनको प्रयासले धेरै हद सम्म सफलता पाएको चर्चा बामपन्थी विश्लेषक तप्कामा समेत हुनुले प्रचण्डलाई बाबुरामले उनकै डुङ्गामा बसेर विस्थापित गर्ने त होइनन् भन्ने प्रश्न जवर्जस्त ढंगले उठेको छ ।

यो पनि हेर्नुस्

बाबुराम भट्टराई र गगन थापाले सँगै हारेको मुद्धा