२६ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच आइतबार विहान भेट बार्ता भएको छ ।

चीनले गर्‍यो नाकाबन्दी, सीमामा हजारौं ट्रक

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

prachanda-with-baidya-at-baluwatar

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्री प्रचण्डलाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएका थिए ।

मृत्युपश्चात के हुन्छ? गौतम बुद्धको रोचक कथाप्रसङ्ग…