प्रयास पराजुली

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड छ दिने चीन भ्रमणमा गएपनि कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी कसैलाई पनि दिएनन् । उपप्रधानमन्त्रीद्धय कमल थापा र विमलेन्द्र निधिले कार्यवहाक प्रधानमन्त्री पाउन हानाथाप गरेपछि प्रचण्डले चीनबाट नै देश चलाउने भएका छन् ।

प्रचण्डको अगाडि चुनौतीको चाङ थुप्रिएका छन् । सरकारको नेतृत्व गरेको नौ महिनाको अवधिमा प्रचण्ड संकटमा परेका छन् । सत्तारुढ दल कांग्रेसको कचकच, प्रतिपक्ष एमालेको दबाब, मधेसी मोर्चाको धम्की र घुर्कीको बीचमा आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वचन गर्नुछ ।

सरकारमै रहेर ब्रह्मलुट, मन्त्री नै मानव तस्करीमा

निर्वाचन गर्ने अडान त प्रचण्डले राखेका छन तर आन्दोलनको बीचमा कसरी निर्वाचन होला भन्ने प्रश्न पनि मरिसकेको छैन ।

मधेसी मोर्चाको धम्की र घुर्की

प्रधानमन्त्री प्रचण्डलाई तीन बुँदे सहमति गरेर मधेसी मोर्चाले आठ महिनासम्म साथ दियो । प्रचण्डले पनि मधेसी मोर्चाको माग पूरा गर्न सत्तारुढ दल कांग्रेसलाई मनाउनेदेखि लिएर एमालेको दबाब खेप्दै संविधान संशोधन विधेयक संसदमा पेश गरे ।

तर सरकारसँग दुईतिहाई बहुमत नहँुदा संविधान संशोधन विधेयक अघि बढ्न सकेको छैन् । तीन बुँदे सहमतिमा सरकारले धोका दिएको निष्कर्ष सहित मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको सुरसार गरेको छ ।

तर सरकारसँगको वार्तालाई पूरै तोडन सकेको छैन् । समर्थन फिर्ता लिने, आन्दोलन घोषणा गर्ने लगायतको काम गरेर मधेसी मोर्चाले आफ्ना माग पूरा गराउन प्रचण्डलाई निरन्तर रुपमा धम्की र घुर्की दिदै आएको छ ।

देउवालाई प्रधानमन्त्री बन्ने हतारो

घर ज्वाइँलाई खानकै हतारो भनेझै सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हतारोमा छन् । प्रचण्ड र देउवाबीच भएको सहमति अनुसार यही महिनाभित्र प्रचण्डले देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने हो ।

तर देउवाले वैशाख ५ गतेभित्र कसरी प्रधानमन्त्री भन्ने मात्र ध्याउन्नमा लागेको बुझिन्छ । प्रचण्डले ओलीसँग सल्लाह गर्दा देउवा झस्किने गरेका छन् ।

प्रधानमन्त्री बन्नको लागि पनि देउवाले कुनै पनि हातलमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताउदै आएका छन् । प्रचण्डले सकेसम्म जेठ १५ मा आफ्नै नेतृत्वमा बजेट ल्याएर सरकार छोडने बहाना बनाइरहेको विष्लेषण गरिदैछ ।

निधि र थापाबीच हानाथाप

मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि सरकारलाई बचाई राख्न प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित सरकारमा भित्र्याए । सहमति अनुसार पहिलो वरियतामा थापालाई राख्ने बचन प्रचण्डले दिएका थिए ।

थापा र निधिबिच लडाई, अलमलमा प्रचण्ड

तर कार्यवहाक प्रधानमन्त्रीमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले दावी गरेपछि प्रचण्ड संकटमा परेका छन् । दुई उपप्रधानमन्त्रीको किचलोका कारण प्रचण्ड कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी नदिई चीन लागे ।

यतिसम्म कि थापा र निधिको विवादको कारण आफ्नो चीन भ्रमण समेत मन्त्रीपरिषद्बाट पारित नगराई आफैले गराएका प्रचण्ड अब पनि कसलाई उपप्रधानमन्त्री दिने भन्नेमा दोधारमा छन् ।

कांग्रेस सभापति देउवासँग कुरा मिलाएर थापालाई नै कार्यवहाक प्रधानमन्त्री दिने मनस्थितिमा प्रचण्ड पुगेका बुझिएको छ ।

प्रहरी प्रमुख कसलाई बनाउने तनाब

सरकारले डीजाआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नयाँ प्रहरी प्रमुख कसलाई बनाउने भन्ने संकटमा पनि प्रचण्ड छन् ।

सर्वाेच्चले भन्यो, संसोधनमा सरकारलाई कुनै सल्लाह दिइएको छैन

प्रचण्डले पहिलो नम्बरमा रहेका नवराज सिलवालाई बनाउन चाहे पनि देउवाले सरकारबाटै बाहिरिने चेतावनी दिएपछि चन्दलाई नियुक्त गरेका थिए । अहिले सर्वोच्च अदालतले सिलवाललाई नै प्रहरी प्रमुख बनाउन परामादेश दिएपनि देउवालाई सिलवालाई बनाउन नहुने भन्दै प्रचण्डसँग निहुँ खोज्न थालेका छन् ।

देउवाले मन्त्रीपरिषद्ले गरेको निर्णय यसरी सर्वोच्चले बदर गर्दै जाने हो भने सरकार सर्वोच्चलाई नै चलाउन दिए भै हाल्यो नि भन्ने अभिव्यक्ति समेत प्रचण्डलाई दिएका छन् । चीन भ्रमणबाट फर्किपछि प्रचण्डले प्रहरी प्रमुख नियुक्त गर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचन होला ?

सरकारले स्थानीय तहको निर्वाचन गर्ने प्रतिबद्धता गरेपनि मधेसी मोर्चाको विवादको कारण २ नम्बर प्रदेशमा के गर्ने भन्ने चिन्ता प्रचण्डलाई छ । मधेसी मोर्चाको अवरोधको बीच हुने निर्वाचनले सकारात्मक सन्देश नदिनेमा प्रचण्ड सचेत छन् ।

मैले दलहरुमा चुनाव गराउन चाहने मनोविज्ञान देखेको छैनः पूर्वप्रमुख निर्वाचन आयुक्त

प्रचण्ड स्वयम मेधसवाट प्रतिनिधित्व गरेका नेता हुन् । निर्वाचनको लागि आम सहमति जुटाउने चिन्ता पनि प्रचण्डलाई थपिएको छ । निर्वाचन गराउनु पर्ने बाध्यतमा उभिएका प्रचण्ड निर्वाचन गराउदा उत्पन्न हुने अवस्थाको बारेमा पनि उत्तिकै सचेत भएपनि संकटमा समेत छन् ।

होला त संविधान संशोधन ?

नौ महिना अघि सुरु भएको संविधान संशोधनको किचलो अझै सकिएको छैन् । छ महिनापछि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक प्रतिपक्ष दल एमालेले ४० दिनसम्म संसद चल्न दिएन । संसद चलेपनि अहिले विधेयक निर्णयथार्त पेश हुन सकेको छैन् ।

एमाले भन्छ, संसोधन विधेयक अघि बढाए चुनाव प्रभावित हुन्छ

प्रचण्डले सीमाकंन बाहेक भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतको विषयमा संविधान संशोधन गर्ने र सोही अनुसार मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रचण्डको प्रस्तावप्रति एमाले सकारात्मक छ भने मधेसी मोर्चाले पनि केही चलकता देखाएको छ । सीमाकंन बाहेक के तीन विषयमा संविधान संशोधन होला ? यो विषय प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि हुने केही दिनका छलफलले निर्धारण गर्नेछ ।