२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्दै छन् ।
ओली झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । ओलीको निर्वाचन क्षेत्र अन्तर्गत दमकमा बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई अहिले केहिबेरमा प्रचण्ड र ओली दुबैले संवोधन गर्ने कार्यक्रम छ ।

आज झापा बस्ने दुबै नेताले भोली काँकडभिट्टा र मोरङको क्षेत्र नम्बर ३ अन्तर्गत बिराटचोकमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।