८ माघ, काठमाडौं ।
सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक अलपत्र परेपछि प्रधानमन्त्री प्रचण्डले आज चार दलको बैठक बोलाएका छन् । संविधान संशोधन, निर्वाचन ससदमा पेश गरेको निर्वाचन सम्बन्धी विधेयको बारेमा सहमति जुटाउन प्रचण्डले चार दलसँग छलफल गर्न लागेका हुन् ।

आज साँझ प्रधानमन्त्रीको निवास वालुवाटारमा बस्ने छलफलमा सत्तारुढ दल कांग्रेस राप्रपा र पतिपक्ष दल एमालेलेका शीर्ष नेतालाई बोलाइको प्रचण्डको सचिवालयले बताएको छ ।

फाइल तस्बिर

संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै प्रतिपक्षी एमालेसहितका दलले गत मंसिर १६ गतेबाट संदनमा आन्दोलन थालेपछि चुलिएको राजनीतिक गतिरोधले अझै निकास पाउन सकेको छैन । एमालेले संसद चल्न दिएपनि संविधान संशोधन विधेयकमाथि छलफल गर्न नदिने अडान लिदै आएको छ । जसको कारण राजनीतिक गतिरोध कायमै छ ।

यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेकa प्रधानमन्त्री प्रचण्डले गतिरोध अन्त्यका लागि सरकार तथा सत्तारुढ दलबाट भएका प्रयासबारे जानकारी गराएको प्रचण्डको सचिवालयले बताएको छ । सचिवालयका अनुसार एक घण्टा भएको भेटमा राष्ट्रपति भण्डारीले सवै दललाई समेटेर निकासका लागि पहल गर्न प्रचण्डलाई सुझाव दिएकी थिइन ।