९ असोज, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य, कला र सङ्गीत बिनाको जीवन निरस हुने बताएका छन् । आइतबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको ९ औं प्राज्ञ सभाको समुद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रा प्राकृतिक सम्पदाहरु सङ्गीत, कला र साहित्यका उर्भरभूमि हुन् । राष्ट्रिय विविधता हाम्रा कला, साहित्यका गौरव हो ।prachanda-at-sangit-1

चीनको पहिलो स्पेस स्टेसन तियोङ्गयोङ्- १ नियन्त्रणबाहिर

साहित्य, कला र सङ्गीतले जीवनलाई रसपूर्ण र उर्जाशील बनाएका छन् । साहित्य, कला र सङ्गीत बिनाको जीवन निरस हुन्छ ।’ प्रधानमन्त्रीले नेपाल कला, साहित्य र सङ्गीत अथाह र विश्वव्यापी रहेको भन्दै नेपाली कला, साहित्यको अन्तर्राष्ट्रियकरणमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘हाम्रो कला, साहित्य र सङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । त्यसका लागि नेपालमा रहेका दुताबासमा साहित्य, कला र सङ्गीत क्षेत्रका प्रतिनिधिको प्रतिनिधित्व गराएर यसको अन्तर्राष्ट्रिय प्रचारका लागि मैले सम्भव प्रयत्न गर्नेछु ।’

prachanda-at-sangit

सभामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्त, सदस्य सचिव गणेश रसिक, सङ्गीतकार शम्भूजित बाँस्कोटा लगायतका वक्ताहरुले सङ्गीत र कलाको महत्व र प्रतिष्ठानले गरेका गतिविधिहरुको चर्चा गरेका थिए ।

पाकिस्तानले तय गर्‍यो भारतलाई जवाफ हमला गर्ने स्थान