२० मंसिर, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) आफ्नै लगानीमा नेपाल आफैले बनाउने बताएका छन् ।

शितल निवाशको चर्चाकर्चीपछि ओली निवाशमा कठोर निर्णय

सोमबार दिउँसो फास्ट ट्रयाक निर्माणका लागि निजगढबाट पैदल मार्गमार्फत् प्रधानमन्त्रीसँग ज्ञापनपत्र बुझाउन आएका युवाहरुको ज्ञापनपत्र बुझ्दै उहाँले फास्ट ट्रयाक नेपाल आफैले बनाउने निर्णय गरी सकिएको बताए ।

fast-track-delegation-1 प्रधानमन्त्रीले भने, ‘फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ, छिटो बनाउनुपर्छ भनेर तपाईहरु जसरी दवाव दिन आउनुभएको छ, यो आफैमा मौलिक छ । तपाईहरुको यो अभियान सरकारका लागि नैतिक दवाव र उर्जाको अर्थमा मैले लिएको छु । सरकार फास्ट ट्रयाक नेपाल आफैले बनाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ । सरकारले छिटै काम अघि बढाउँछ ।’

रञ्जित रेलाई देश निकाला गर्न मागः हेलो सरकारको जवाफ- प्रक्रिया अघि बढ्यो

विकासका लागि युवाहरुको एकता र उर्जा प्रेरणादायी भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘राजनीतिक उद्धेश्यका लागि त यस्ता पैदल यात्रा धेरै भए । तर, विकासका लागि पैदल यात्रा र दवाव त्यति धेरै हुने गरेका छैनन् । तपाईहरुको चासो र चिन्तालाई सरकारले गम्भीरतापूर्वक लिन्छ । फास्ट ट्रयाक निर्माणका लागि तपाईहरुले जुन सामग्री दिनुभएको छ, यसलाई म तुरुन्तै सम्बन्धित मन्त्रालय र विभागमा पठाउँछु । यहाँहरुले दिएका सामग्री हाम्रा लागि सर्कुलरको अर्थमा लिएको छु ।’

fast-track-delegation

ज्ञापन पत्र बुझाउन आएको टोलीले बारा जिल्लामा अवस्थित ठूला राष्ट्रिय गौरवका आयोजना काठमाडौं–निजगढ दु्रतमार्ग र निजगढ विमानस्थलको निर्माण कार्य नेपाली लगानीमा नै तुरुन्त अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

कानुनमन्त्रीले ओलीलाई दिए खुल्ला चुनौतीः यसो भन्न सक्नु हुन्छ ?