२६ कात्तिक, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्बर ३ मा प्रतिद्धन्द्धी नै नभएको जिकिर गरेका छन ।

चितवनको मंगलपुरमा आज एक चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसका नेता बाहेकलाई आफुले प्रतिद्धन्द्धी मान्नै नसक्ने बताएका छन । कांग्रेसको जनाधार भएको क्षेत्रमा कांग्रेसका बाहेक अन्य पार्टी जसको जनाधार नै छैन उसलाई प्रतिद्धन्दी मान्न नसक्ने उनले स्पष्ट पारे ।

राप्रपाका उम्मेदवार बिक्रम पाण्डेलाई लक्षित गर्दै उनले ठेकदारहरुलाई आफ्नो प्रतिद्धन्दी कसरी मानु भन्दै प्रतिप्रश्न समेत गरेका थिए । उनले चितवनका काग्रेंसहरुले पनी आफुलाई नै मतदान गर्ने विश्वास व्यक्त गरेका छन । कांग्रेसका साथीहरुले स्र्वगीय गिरिजा प्रसाद कोइरालालाई धिक्कारेमात्रै हलोका तर्फ फर्कन सक्ने नत्र उनीहरुले पनि आफुलाई नै साथ दिने दाबी गरे ।

उहाँनले कांग्रेसका नेताहरुलाई वामगठबन्धन देखेर नआत्तिुन आग्रह गर्दै भोलीको दिनमा लोकतन्त्रको रक्षाको लागी केही समस्या आइपरे कम्युनिष्ट र नेपाली कांग्रेस मिल्नै पर्ने अवस्था आउने समेत बताए । प्रचण्डले आज भरतपुरको विभिन्न क्षेत्रमा घरदैलोसँगै चुनावी सभालाई सम्बोधन गरेका छन ।