सचित देवकोटा

प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा छन्। निकै जटिल अवस्थामा रहेको नेपाल-भारत सम्बन्धमा यसले प्राण भर्ने र पुरानै अवस्थामा फर्काउन मद्दत गर्नेमा भारत आशवादी देखिन्छ।PM Prachanda and Narendra Modi 23462215

नेपाललाई छिमेकीसंग वैरभाव गरेर फाइदा केही छैन्। एक न दिन सम्बन्ध सामान्यीकरण हुनै पर्छ। त्यस अर्थमा प्रचण्डको भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग गर्दा उनका राजनैतिक प्रतिष्पर्धीहरुले आत्तिनु पर्दैन्।

यो पढ्नुस्: मोदी र प्रचण्डले गरे ३ बुँदे सम्झौतामा हस्ताक्षर

नेपालको सन्दर्भमा भारतसंगको सम्बन्ध सामान्यीकरणको अर्थ जटिल छ। भारतसंग ठुला सम्झौता गर्ने देशभित्र सहमति छैन्। बिना तयारी प्रचण्डले कुनै सम्झौता गर्दा वा कुनै विषयमा सहमति मात्र जनाउँदा यसले दीर्घकालिनरुपमा नेपाललाई फाइदा गर्दैन्। स्वयम प्रचण्डको राजनैतिक करियर धरापमा पर्छ।

यो पढ्नुस्: मोदीले भने- नेपाल-भारत मित्रताका लागि यो महत्वपूर्ण दिन हो

प्रचण्डबाट भारतले धेरै अपेक्षा गरेको छ। यसको जानकारी विभिन्न च्यानलबाट प्रचण्डलाई गराई सकेको पनि होला। नेपालका कुनै पनि प्रधानमन्त्रीलाई भारतीय भ्रमण सहज पक्का हुँदैन् । प्रचण्ड यसको अपवाद हुन सक्ने छैनन्।

भारतले यसपटको भारत भ्रमणमा मधेशीको माग र त्यसै अनुसारको संविधान संसोधनका बारेमा प्रचण्डलाई सोध्ने छ। उनिहरुले समाधानको एउटा प्रेस्क्रिप्सन पनि देलान्। यसलाई प्रचण्डले कसरी ‘डिप्लोम्याटिकल्ली ह्याण्डल’ गर्छन भन्ने कुराले धेरै कुरा तय गर्ला । भारतीय चासोलाई सम्बोधन पनि गर्ने र निर्णयको चाबी आफैसित राख्ने नेपाल सक्षम छ भन्ने सन्देश भारतलाई दिन जरुरी छ ।

प्रचण्डले यसपटक धेरै लगानी, ठूला विकासे आयोजनका विषयमा पनि भारतसंग डिल गर्नु पर्ने देखिन्छ। चर्चित फास्ट ट्रयाक देशै भित्रबाट बनाउने र कम्तिमा भारतलाई दिन नहुनेमा देशभित्र ठुलो मत बनेको छ। त्यसैले केही ठुला जलविद्युत आयोजनापनि भारतलाई नै किन प्रश्न उठिरहेको छ ।

सम्बन्ध सामन्यीकरणका नाममा प्रचण्डलाई भारतसंग बिना तयारी र सहमति सम्झौता गर्ने छुट छैन्। प्रचण्ड स्वयमले पनि भारतसंग कुनै ठूलो सम्झौताको मुड बनाएको देखिन्न् ।

यसका अलावा प्रचण्डलाई जनयुद्दकालिन मुद्दा टुङ्ग्याउन भारतको सद्भावको खाँचो महसुस हुन सक्छ।

भारतबाट नेपालले सहयोग खोजेका ठाउँपनि प्रशस्तै छन् । प्रचण्डसंग त्यसका विषयमा जब भारतसंग कुरा गर्नेछन्, भारलते पनि आफ्न विषय पक्कै उठान गर्नेछ। दुइ देशको लेनदेनमा प्रचण्डले कसरी परिपक्क डिल गर्छन् भन्ने कुराले उनको भ्रमणको सफलता मापन गर्नेछ।

समग्रमा भन्नु पर्दा यसपटकको भारत भ्रमणलाई प्रचण्डले सम्बन्ध सामान्यीकरण र सद्भाव बढाउने प्रयोग गर्दा उपयुक्त हुने देखिन्छ। हतार, विना तयारी वा देशभित्र सहमति बिना कुनै सम्झौता वा समझदारीले राम्रो नतिजा ल्याउने छैन्।