२८ भदौ, सप्तरी ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले कोशी उच्च बाँधका समबन्धमा भारतसँग कुनै सम्झौता नभएको बताएका छन् ।

हिजो राजविराजमा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले चतरामा कोशी हाई ड्याम्प बनाउने बारे आफूले भारतसँग सम्झौता गरको बताएपछि २४ घण्टा नबित्दै प्रचण्डले आज राजविराजमा त्यसको  खण्डन गरेका छन् ।

सप्तरीका संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्रीले भने जस्तो कोशी उच्च बाँधबारे भारतसँग कुनै सम्झौता भएको छैन ।’