६ फागुन, काठमाण्डौ ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपासँग एकता प्रस्ताव गरेका छन् ।

फाइल फाेटाे

राप्रपाको प्रथम एकता अधिवेशलाई शुभकामना दिन ढिलो गरी भृकुटीमण्डपमा उपस्थित भएका प्रचण्डले आफूलाई मिलौं मिलौं लागेकाले अधिवेशनमा छलफल गरी टाढा नहुन आग्रह गरे ।

ओलीलाई जवाफ दिँदा देउवाले राप्रपालाई शुभकामना दिनै बिर्से

‘म त क्रान्तिकारी मान्छे, युद्धबाट आएको, जनयुद्धको सुप्रिम कमाण्डर, विचारका हिसावले हाम्रो बीचमा असमझदारी छ र हुन्छ नै’ प्रचण्डले भने, तर रापपा भनेपछि नजिक-नजिक जस्तो लाग्छ, मिलौ मिलौ, सहकार्य गरौं गरौ जस्तो लाग्छ, अधिवेशनमा छलफल गर्नुस, धेरै टाढा नजानुहोला ।’

राप्रपाले एमाले बाहेक अरुलाई धक्का दिन सक्छः ओली

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निर्वाचनको विकल्प नभएको र संविधान कार्यान्वयनका लागि पनि निर्विकल्प भएकाले सरकार चुनावका लागि अघि बढेको र छिटै चुनावको तिथिमिति घोषणा गरिने जानकारी दिए ।

उनले संविधान घोषणामा जस्तै कार्यान्वयनमा पनि सहयोग गर्न राप्रपालाई आग्रह गरे । संविधानको स्वीकार्यता बढाउन र मधेसको समस्या समाधान गर्नका लागि संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गरिएको भन्दै त्यसलाई पारित गरी सहयोग गर्न पनि प्रधानमन्त्रि प्रचण्डले सबै दललाई अपिल गरे ।