१२ जेठ, काठमाडौं।

प्रचण्डले राजिनामा दिए लगतै मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभएको भन्दै आन्दोलनको घोषणा गर्ने भएको छ।

आन्दोलनको घोषणा गर्नको लागि संघीय गठबन्धनको बैठक बिजुलीबजारमा जारी छ।

बिहान राजपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डबीच वालुवाटारमा छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्रीले आन्दोलनको घोषणा नगर्न आग्रह गरे पनि अध्यक्ष ठाकुरले आन्दोलनको घोषणा गर्न लागेको चेतावनी दिदै बाहिरिएका थिए।