५ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन तयारीको लागि पार्टीको बैठक बोलाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको तीन नम्बर प्रदेशका पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

यसअघि पार्टीको बैठक प्रचण्डले निजी निवास लाजिम्पाटमा बोलाउँदै आएपनि पछिल्लो समय प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै बोलाउदै आएका छन् ।

सत्तारुढ दल कांग्रेसले निर्वाचनको मिति सार्ने प्रस्ताव गरेपछि नेताहरुको सुझाव लिन प्रचण्डले तीन प्रदेशका नेताहरु सहितको बैठक बोलाएका हुन् । एक नेताका अनुसार बैठकमा निर्वाचन, मधेसी मोर्चाको माग र कांग्रेसको धारणाको विषयमा छलफल हुने बताए ।

यो पढनुस्।

प्रचण्डले लिए सुरक्षा निकायका प्रमुखसँग जानकारी