१५ असार, काठमाडौं ।

दातृ निकायसँग सहमति हुन सकेमा भूकम्प पीडितले डेढ लाख दिने सहमति प्रमुख तीन दलबीच भएको छ ।

विमानस्थल आक्रमणः ३८ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

नयाँ बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यस्तो सहमति भएको हो ।

sher bahadur KP oli Prachanda

दातृ निकायसँग सहमति हुन नसकेमा भने यो सम्झौता कार्यन्वयन हुन सक्ने छैन ।

सहमतिपछि केही दिन देखि अवरुद्ध संसद खुल्ने भएको छ । आजै २ बजेपछि प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्नेछन् ।

यस अघी व्यवस्थापिका संसदको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ ।

खुमबहादुरलाई मार्ने योजना !

सदनको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल जारी रहेकाले संसद बैठक पनि पछि सारिएको थियो ।

मोदीले नेपालमा विकाशको उचाइ चाहन्छन्- ‘कूटनीतिको दुई वर्ष’

राप्रपा नेपालका प्रवक्ता दिलनाथ गिरीले बजेट पारित भएपछि दुई किस्तामा रकम दिइने कुरा भएको जानकारी हेडलाइन्सलाई दिए । दातृ निकाय तयार नभएमा यो सहमति कार्यन्वनय हुन नसक्ने उनले बताए।