५ मंसिर, काठमाडौं ।
आज मंसिर ५ गतेका लागि तय भएको चुनावी सभामा उपस्थित हुनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन जाने भएका छन् तर त्यहाँ उनले सम्बोधन भने गर्ने छैनन् ।

उनले माओवादी पोलिटब्युरो सदस्य तथा पुत्र प्रकाशको श्रद्धाञ्जली सभामा सहभागिता जनाउने तर सम्बोधन नगर्ने माओवादी नेताले बताएका छन् । प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेको सो क्षेत्रको सभालाई शोक सभाको रूपमा बदल्ने एक माओवादी नेताले जानकारी दिएका छन् ।

त्यस्तै, माओवादीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रकाश दाहालको सम्झनामा लाजिम्पाटस्थित निवासमा मंसिर ७ गते केन्द्रीय शोकसभा गरिने भएको छ ।

चुनावी कार्यक्रम सुरु हुनुअघि देशव्यापी रूपमा श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।