१२ चैत, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणबाट फर्किए लगत्तै मधेसी मोर्चासँग सहमति हुने बताएकी छिन् ।

उनले सीमाकंन बाहेकका अन्य विषयमा संविधान संशोधन गर्न राजनीतिक दलहरु सकारात्मक बनेको बताउदै प्रचण्ड फर्किएपछि सहमति जुटने बताइएकी हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले वैशाख ३१ गतेको लागि घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा हुने दावी गरिन । उनले भनिन,‘निर्वाचन कुनै पनि हालतमा रोकिदैन, चुनाव हुन्छ, चुनावप्रति कसैले पनि शंका गर्नु हुँदैन ।’

प्रचण्डलाई ६ आपत, टार्लान त संकट ?