१३ चैत, काठमाडौं।

६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ‘ग्रेटवाल अफ चाइना’ पुगेका छन्। प्रचण्डको सचिवालयले सार्वजनिक गरेको तस्विरमा प्रचण्ड सहित भ्रमण दलमा रहेका सदस्यहरु पनि तस्बिरमा देखिएका छन्।

उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीच विवाद भएपछि प्रचण्डले कार्यवहाक प्रधानमन्त्री कसैलाई पनि तोकेका छैनन् । प्रचण्डले चीनबाटै सरकारको महत्वपूर्ण काम टेलिफोन मार्फत गर्दै आएको सचिवालयले जनाएको छ ।