१४ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको तीन सातापछि पार्टीका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘वादल’ले कडा कदम चालेका छन् ।Prachanda Badal

दस पार्टीबीच एकता भएपछि हाल माओवादी केन्द्रमा २४ सय भन्दा बढी महाधिवेशन आयोजक समिति बनाइएको छ । एकताबाट आएका पार्टीहरुले धमाधम पार्टीको साधारण सदस्यलाई समेत महाधिवेशन आयोजक समितिमा राख्ने होड चलेपछि संगठन विभाग प्रमुख थापाले आयोजक समिति घटाउने गृहकार्य सुरु गरेका छन् ।

माओवादीका एक नेताका अनुसार बढीमा ६ सय भन्दा बढी नबनाउने गरी गृहकार्य भइरहेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रचण्डको सहमतिमा धेरै ठूलो आयोजक समिति निर्माण गर्दा पार्टीप्रति नकारात्मक दृष्टिकोण बनेको भन्दै प्रचण्डले सकेसम्म सानो आयोजक समिति गठन गर्न निर्देशन दिएका छन् ।

संगठन विभाग प्रमुख वादलले विभागमा रहेका नेताहरुसँग महाधिवेशन आयोजक समितिको मापदण्ड बनाएर काम अगाडि बढाएका छन् । झण्डै १५ सय जनाको घटुवा गर्ने तयारी वादलले गरेको स्रोतले बतायो ।