२३ बैशाख, काठमाडौं ।

सरकार ढल्ने र नयाँ सरकार बनाउने खेल चलिरहेको समयमा सम्भावित सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य भेटघाट भैरहेको छ ।

ओली सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने समय मागेपछि अनिर्णित रहेका एमाओवादी अध्यक्ष प्रचण्ड र उनलाई सघाउन तयार भएका पहिलो ठूलो दल नेपाली कांग्रेसका सभापतिबीच राजधानीको गोप्य स्थानमा भेटघाट भैरहेको श्रोतले जनाइएको छ ।

Prachanda Deuwa face to face

देउवाले प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता गर्न र अविश्वासको प्रस्ताव लैजाने प्रस्ताव गरेका छन् । यद्यपी यस विषयमा प्रचण्डले जवाफ दिइनसकेको बताइएको छ ।

एमाले र एमाओवादीबीच समझदारीको संकेत !

यस अघि नीति तथा कार्यक्रम ल्याएपछि प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने भन्ने एमाले प्रस्तावलाई भने प्रचण्डले अस्वीकार गरिसकेको बुझिएको छ ।

प्रचण्डले ओलीलाई राख्न सक्ने अन्तिम शर्त