२७ भदौ, काठमाडौं ।

प्रदेश नम्बर २ को स्तानीय तह निर्वाचनको प्रचार प्रसारमा व्यस्त रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्कासी काठमाडौं आएका छन् ।

यसअघि ८ दिन तराईमा प्रचार प्रसारमा व्यस्त प्रचण्ड २४ घण्टाका लागि काठमाडौं आएर फेरी तराई झरेका थिए । उनले सचिवालयको बैठक समेत तराइमै गरे ।

उनी १५ घण्टाका लागि मात्र काठमाडौं आएका हुन् र त्यसलगत्तै फेरी तराई झर्ने प्रचण्डका स्वकिय सचिव प्रकाश दाहालले फेसबुकमा लेखेका छन् ।

उनै दाहालले फेरी अर्को स्टाटस लेखेर काठमाडौं आउनेको कारण खुलाएका छन् । उनका अनुसार आज दिउँसो १।०० बजे राष्ट्रिय नाचघरमा संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वको नेकपा लगायतका पार्टीबाट हजारौं नेता(कार्यकर्ता माअवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम रहेका छ।
प्रचण्डले यतिबेला पुरै समय प्रदेश दुईको निर्वाचनका लागि छुट्याएका छन । उनी यतिबेला पार्टीका उम्मेदवारलाई चुनावमा जिताउन भन्दै मैदानमा छन । जमलस्थित राष्ट्रिय नाचघरमा पार्टी प्रवेश गराएसँगै प्रचण्ड सिँधै एयरपोर्ट हुँदै आज नै प्रदेश दुई जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।