१४ चैत, मस्को, (रसिया) । रसियाको राजधानी मस्कोमा भ्रष्टाचार विरोधी प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन् भने सहभागी मध्ये १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको यहाँको मानवअधिकारबादी सङ्गठनले आइतबार जनाएको छ ।

पक्राउ पर्नेमा प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीसहितका राष्ट्रपति पुटिन प्रशासनका आलोचकहरु रहेको ओभिडि इन्फोले ट्वीटरमार्फत जनाएको हो ।

आन्दोलनमा सहभागी भीडलाई तितरभितर गर्न प्रहरीले ‘पिरो पानीको फोहरा’ प्रयोग गरेको बताइएको छ ।

प्रहरीले नाभान्लीलाई प्रहरीको मिनिबसमा राखी लगेपछि प्रतिपक्षी नेता नाभान्लीले प्रदर्शनकारीलाई आफ्नो सुरक्षाका लागि प्रहरीसँग नलड्न आग्रह गरे । उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई थप शसक्त पार्न अनुरोध गरेको मानवअधिकारवादी सङ्गठनले बताए । रासस/एएफपी