१८ मंसिर, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन । उनले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताए ।

“जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,” उनले भने ।

विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू चितवनबाट उम्मेदवार बनेको अध्यक्ष दाहालको भनाइ थियो । चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका दाहालले भने– “मेरो प्रतिस्पर्धी कोही छैन ।”

आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उनले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने बताए । “यहीँको जनताले मलाई प्रचण्ड बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ,” अध्यक्ष दाहालले भने ।