सामान्यतया सुपलाई पाचन सक्रियताका लागि राम्रो मानिन्छ । तर यसबाहेक अन्य धेरै फाइदाहरु छन् । सुपमा पाइने न्युट्रिएट्सले धेरै रोगको उपचारमा सहयोग पुर्याउँछ । जान्नुहोस्, सुपका ९ महत्वपूर्ण काम के–के छन् ?

१. तौल कम गर्छ – सुप खानाले शरीरमा मेटाबोलिज्म बढ्छ । जसले मोटोपन घटाउँन मद्दत गर्छ ।

२. पाचन क्रियाका लागि – सुपमा फाइबर हुन्छ, जसले कब्जियतको समस्या पनि भाग्छ । पाचन प्रक्रियामा सुधार गर्न सहयोग गर्छ । सुपलाई चिया बनाएर पिउनुहोस् ।

३. मुटु रोग – ज्वानो र सुप मिसाएर खाने गरेमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ र मुटु सम्बन्धी समस्याबाट बचाउँछ ।

४. रक्तचाप – सुपमा पाइने पोटाशियमले रत्तmचापलाई नियन्त्रण राख्न मद्दत गर्छ ।

५. क्यान्सर – सुपको दानालाई चियामा पकाएर पिएमा क्यान्सरबाट बचाउँछ । यसमा पाइने एन्टीओक्सिडेन्ट्सले क्यान्सर लाग्न बाट बचाउँछ ।

६. रक्तअल्पता – सुपमा भएको आइरनले रक्तअल्पताबाट बताउँन सहयोग गर्छ ।

७. पिसाबको समस्या – सुपमा ‘डाइयुरेटिक’ गुण हुन्छ, जसले पिसाबसम्बन्धी समस्याबाट बचाउँन मद्दत गर्छ ।

८. अनुहारमा चमक – सुपले शरीरको ‘टोक्सिन्स’(बिष) भगाउँछ र अनुहारमा चमक बढाउँछ ।

९. दम – यसमा पाइने ‘एन्टी ब्याक्टेरियल’ गुणले दम रोग लाग्नबाट बचाउँछ ।