दिनेश आचार्य ।

७ माघ, युएर्इ । युएर्इको लागी नेपाली कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले युएर्इ भ्रमणको बेला प्रधानमन्त्रीको चरित्र हत्या गर्ने गरी सामाजिक संजालमा तस्बीर सार्बजनिक गर्ने गिरोहलार्इ छानबिन गरी कार्बाही गर्ने बताएका छन् ।

dubai-ramittance-program1

यूएर्इको रसैलखेमामा नेपाली दुताबास युएर्इले आयोजना गरेको रेमिटेन्स सम्बन्धि कार्यक्रममा बोल्दै कार्यबाहक राजदुत टण्डनले प्रधानमन्त्री भनेको कुनै पार्टी वा व्यक्ति बिशेष नभएको देशको कार्यकारी प्रमुख भएकोले प्रधानमन्त्रीको खिल्ली उडाउनु अथवा चरित्र हत्या गर्नु भनेको राष्ट्रको चरित्र हत्या गर्नु भएको बताए । ‘त्यसैले यसलार्इ माफि दिन सकिँदैन ।’

फरक प्रसंगमा उनले यूएर्इमा कार्यरत नेपालीहरूलार्इ नेपाल पैसा पठाउदा बैधानिक तरिकाले रेमिटेन्सबाट पैसा पठार्इ देशको अर्थतन्त्र बलियो र देश बिकासमा ठुलो टेवा पुग्ने बताए।

dubai-ramittance-program

कार्यक्रममा दुताबास युएर्इका पदाधिकारीहरू बिभिन्न संघसंस्थाका प्रमुख तथा पदाधिकारी, रेमिटेन्सका प्रतिनिधि, राजनीतिक दलका प्रमुख एनआरएन युएर्इका पदाधिकारी, ब्याबसायी नेपाल पत्रकार महासघ यूएर्इका प्रतिनिधिहरूको उल्लेखनिय उपस्थिती रहेको छ।