१ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेर वहादुर देउवाले बाढि पीडितलाई प्राप्त भएको रकमको दुरुपयोग नहुने प्रतिवद्धता जनाएका छन् । आज बालुवाटारमा बिभिन्न संस्थाले प्रदान गरेको राहत रकम ग्रहण गर्दे प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा जम्मा भएको रकम तराईका बाढि पिडितका लागि उपयोग भईरहेको जानकारी पनि दिए ।

आज माछापुछ«े बैंकले २१ लाख र वृहस्पती स्कुलले १ लाख बाढि पीडितका लागी प्रधानमन्त्री दैवी उद्धार राहत कोषमा प्रधानमन्त्री मार्फत जम्मा गरेका छन् ।